जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाडौँ: पाँच दलीय सत्ता गठबन्धनले जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत बोलाएर पेट्रोलियम पदार्थसँगै त्यसका कारण भएको मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी थिए ।

गठबन्धनको निर्देशनपछि सरकारले शनिबार राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थमा सरकारले लिने कर कटौती गरेको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लिने करमध्ये डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए । सरकारले लिने कर कटौतीपछि अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

गठबन्धनले पेट्रोलियम पदार्थमा सरकारले लिने कर रकममा कटौती गरेपछि अब अन्य उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि समेत नियन्त्रण गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धन बैठकपछि प्रधानमन्त्री देउवाले सबै उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको बताए ।

‘अहिले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रियस्तरमै मूल्य बढेको हो । त्यसकारण सरकारले पहिल्यैदेखि लिँदै आएको करको दर कटौती गरेर मूल्य घटाएको छ । अब पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि पनि स्वभाविकरुपमा घट्नेछ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सरोकारवाला मन्त्रालयहरूलाई सबै उपभोग्य वस्तुको बजार मूल्यबारे अनुगमन गर्न र मूल्यवृद्धि रोक्न निर्देशन दिनुभएको छ ।’

उनका अनुसार अन्य उपभोग्य वस्तुमा समेत सरकारले लिँदै आएको करको दर कटौती गर्नुपरे त्यसतर्फ समेत खुकुलो हुन प्रधानमन्त्री देउवाको निर्देशन छ ।

‘पेट्रोलियमको मूल्यवृद्धि हुँदा बजारमा सबै वस्तुको मूल्य बढाइएको छ । कतिपय वस्तुको कृत्रिमरुपमा समेत मूल्य बढाइएको छ, त्यस्तो कृत्रिम मूल्यवृद्धि रोक्न पनि प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ,’ उनले भने ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने बताए । ‘मूल्यवृद्धि आकासिएर जनताको चुलो बल्ने अवस्थाको अन्त्य हुँदैछ, यस्तो बेलामा सरकारले बजारमा हस्तक्षेप गर्नुपर्छ । बजारको अनुगमन कडाईका साथ गर्नुपर्छ र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ,’ नेता पौडेलले भने । उनले खाद्य संस्थान र साल्ट ट्रेडिङबाट सरकारले नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउने बन्दोबस्त गर्नुपर्ने बताए ।

शनिबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मासहित ती मन्त्रालयका सचिव समेत सहभागी थिए ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago