जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाडौँ: पाँच दलीय सत्ता गठबन्धनले जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा जनताले दैनिक जीवनमा उपभोग गर्ने वस्तुको समेत मूल्यवृद्धि भएको भन्दै त्यस्ता सबै वस्तुमा भएको मूल्यवृद्धि घटाउन सरकारलाई निर्देशन दिएको हो ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत बोलाएर पेट्रोलियम पदार्थसँगै त्यसका कारण भएको मूल्यवृद्धि नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी थिए ।

गठबन्धनको निर्देशनपछि सरकारले शनिबार राति १२ देखि लागू हुने गरी पेट्रोलियम पदार्थमा सरकारले लिने कर कटौती गरेको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले लिने करमध्ये डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए । सरकारले लिने कर कटौतीपछि अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ ।

गठबन्धनले पेट्रोलियम पदार्थमा सरकारले लिने कर रकममा कटौती गरेपछि अब अन्य उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि समेत नियन्त्रण गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले गठबन्धन बैठकपछि प्रधानमन्त्री देउवाले सबै उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको बताए ।

‘अहिले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रियस्तरमै मूल्य बढेको हो । त्यसकारण सरकारले पहिल्यैदेखि लिँदै आएको करको दर कटौती गरेर मूल्य घटाएको छ । अब पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि पनि स्वभाविकरुपमा घट्नेछ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सरोकारवाला मन्त्रालयहरूलाई सबै उपभोग्य वस्तुको बजार मूल्यबारे अनुगमन गर्न र मूल्यवृद्धि रोक्न निर्देशन दिनुभएको छ ।’

उनका अनुसार अन्य उपभोग्य वस्तुमा समेत सरकारले लिँदै आएको करको दर कटौती गर्नुपरे त्यसतर्फ समेत खुकुलो हुन प्रधानमन्त्री देउवाको निर्देशन छ ।

‘पेट्रोलियमको मूल्यवृद्धि हुँदा बजारमा सबै वस्तुको मूल्य बढाइएको छ । कतिपय वस्तुको कृत्रिमरुपमा समेत मूल्य बढाइएको छ, त्यस्तो कृत्रिम मूल्यवृद्धि रोक्न पनि प्रधानमन्त्रीले मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ,’ उनले भने ।

बैठकमा सहभागी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकको चुल्हो नै नबल्ने अवस्था आउन लागेको भन्दै सरकारले बजारमा हस्तक्षेप गर्नुपर्ने बताए । ‘मूल्यवृद्धि आकासिएर जनताको चुलो बल्ने अवस्थाको अन्त्य हुँदैछ, यस्तो बेलामा सरकारले बजारमा हस्तक्षेप गर्नुपर्छ । बजारको अनुगमन कडाईका साथ गर्नुपर्छ र मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छ,’ नेता पौडेलले भने । उनले खाद्य संस्थान र साल्ट ट्रेडिङबाट सरकारले नागरिकलाई सस्तोमा उपभोग्य सामान उपलब्ध गराउने बन्दोबस्त गर्नुपर्ने बताए ।

शनिबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मासहित ती मन्त्रालयका सचिव समेत सहभागी थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago