काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् । उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राखे ।

अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ । २७÷२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छोटो समयमा नै जनताको समर्थन पाएको दावी गरे । उनले एमालेबाट विद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताए ।

त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए । अहिले भ्रष्टाचार बढिरहेकोबारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago