काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।
शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफूहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका हुन् । उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राखे ।
अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ । २७÷२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छोटो समयमा नै जनताको समर्थन पाएको दावी गरे । उनले एमालेबाट विद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताए ।
त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए । अहिले भ्रष्टाचार बढिरहेकोबारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…