शिक्षकलाई कडा कारवाहीको माग

काठमाडौं: शिक्षकलाई कडा कारवाहीकाे माग गर्दै चाबहिल स्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी सडक उत्रिएका छन् । कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुका अनुसार दुई शिक्षकविरुद्ध कारबाहीको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहन्छ । यसैबीच, विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी हुनेबित्तिकै शिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् ।

बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो ।

मंगलबार तीन जना विद्यार्थीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन् । साेही जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको गौशाला प्रहरी वृतका डीएसपी केशव भट्टराईले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago