काठमाडौं: भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
समाचारमा भनिएकाे छ,’ भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हाे।’ केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।
रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।
मन्त्रालयले जारी गरेको सूचनामा विशेष अनुमति बाहेकका अवस्था बाहेक चिनीको कच्चा पदार्थ र चिनी निर्यातमा रोक लगाउने जनाइएको छ । भारतबाट यस वर्ष अत्याधिक चिनी निर्यात बढेको भन्दै निर्यातमा प्रतिवन्ध गरेको जानकारी दिएको छ । आर्थिक वर्ष नसकिदै चिनी निर्यात उच्च भएपछि निर्यात बन्द गरेको त्यहाँको उद्योग मन्त्रालयले जनाएको छ। यस वर्षको मे सम्ममा चिनीको निर्यात ७० लाख पुगेको छ। गत वर्षभर भारतले करिव ६० लाख टन चिनी निर्यात गरेको थियो।
भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय पश्चात यसले नेपाली उपभोक्ता प्रत्यक्ष मारमा पर्छन् । नेपालमा रहेका चकलेट, बिस्कुट, इनर्जी ड्रिंक्स, मिठाई लगायतका उद्योग प्रत्यक्ष मारमा पर्छन् । भन्सार विभागको पछिल्लो विवरणअनुसार नेपालमा भारत लगायतका देशबाट १० महिनाको अवधिमा करिव ९५ हजार मेट्रिकटन चिनी आयात भएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…