काठमाडौं: भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

समाचारमा भनिएकाे छ,’ भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हाे।’ केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् ।

मन्त्रालयले जारी गरेको सूचनामा विशेष अनुमति बाहेकका अवस्था बाहेक चिनीको कच्चा पदार्थ र चिनी निर्यातमा रोक लगाउने जनाइएको छ । भारतबाट यस वर्ष अत्याधिक चिनी निर्यात बढेको भन्दै निर्यातमा प्रतिवन्ध गरेको जानकारी दिएको छ । आर्थिक वर्ष नसकिदै चिनी निर्यात उच्च भएपछि निर्यात बन्द गरेको त्यहाँको उद्योग मन्त्रालयले जनाएको छ। यस वर्षको मे सम्ममा चिनीको निर्यात ७० लाख पुगेको छ। गत वर्षभर भारतले करिव ६० लाख टन चिनी निर्यात गरेको थियो।

भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय पश्चात यसले नेपाली उपभोक्ता प्रत्यक्ष मारमा पर्छन् । नेपालमा रहेका चकलेट, बिस्कुट, इनर्जी ड्रिंक्स, मिठाई लगायतका उद्योग प्रत्यक्ष मारमा पर्छन् । भन्सार विभागको पछिल्लो विवरणअनुसार नेपालमा भारत लगायतका देशबाट १० महिनाको अवधिमा करिव ९५ हजार मेट्रिकटन चिनी आयात भएको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago