मेचीनगरमा काँग्रेसबाट प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले गराए उम्मेद्वारी दर्ता

झापा, नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरे पछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय गरेको बुढाथोकीलाई नै निर्वाचन आयोगले आधिकारीक उम्मेद्वार हुने बताए पछि बुढाथोकीको मात्रै उम्मेद्वारी दर्ता भएको हो।

काँग्रेसको प्रदेश समितिले केशवराज पाण्डेलाई मेचीनगरको प्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेको भए पनि केन्द्रिय संसदिय बोर्डले पाण्डेको टिकट रद्द गर्दै बुढाथोकीलाई आधिकारीक उम्मेद्वारका रुपमा चयन गरेको थियो ।उम्मेद्वारी दर्तामा केही अन्योल भए पनि पार्टीका तर्फबाट आधिकारीक उम्मेद्वार दर्ता भइसके पछि अन्य बिषय आन्तरिक छलफलबाट समाधान हुने प्रमुखमा उम्मेद्वारी दर्ता गराउनु भएका बुढाथोकीले प्रतिक्रिया दिनु भयो । पार्टी केन्द्रले गरेको निर्णयलाई सम्मान गर्दै आफुले उम्मेद्वारी दर्ता नगरेको काँग्रेस झापाका उपसभापति समेत रहनु भएका पाण्डेले बताउनु भयो ।

नगरप्रमुखमा उम्मेद्वारी दर्ता गराएका काँग्रेस झापा क्षेत्र नं. १ का सभापति समेत रहनु भएका बुढाथोकी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पक्षका हुनुहुन्छ भने प्रदेश समितिले निर्णय गरेका पाण्डे नेता कृष्णप्रसाद सिटौला पक्षका हुनुहुन्छ ।

 

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago