तिनाउँमा एमालेका ३२ जना उम्मेदवारको मनोनयन दर्ता

पाल्पा १२ बैशाख ।
तिनाउँमा एमालेका ३२ जना उम्मेदवारको मनोनयन दर्ता  गराएका छन। नेकपा एमाले तिनाउँ गाउँ कमिटीले यही बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागी गाउँपालिकाको प्रमुख देखी वडा सदस्य सम्मका उमेदवारहरुको मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय दोभानमा उनिहरुको उम्मेदवारी दर्ता भएको हो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम श्रेष्ठ

नेकपा एमालेको तर्फ बाट पालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्ष सावित्रा रानाले मनोनयन दर्ता गरेका छन । तिनाउँ एमालेले अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा  युवा उमेदवार उठाएको छ । वडा अध्यक्षमा युवालाई पहिलो प्राथमिकता दिएको छ ।

अध्यक्षका उमेदवार श्रेष्ठ हाल तिनाउँ गाउँपालिकाको पाटी कमिटीको अध्यक्ष रही काम गर्दै आएका छन भने, युवा संघ नेपालको केन्द्रिय सदस्य, नेपाल उधोग व्यापारी महासंघको केन्द्रिय सदस्य, पाल्पा उधोग वाणिज्य संघको दुई कार्यकाल सम्म कार्यसमिती सदस्य भई सामाजिक तथा राजनितिक काममा सक्रिय भुमिका खेल्दै आएका छन । उपाध्यक्ष पदमा  मगर जाती बाहुल्यता रहेको तिनाउँमा एमाले मगर महिला लाई नै उमेदवार बनाएको हो । उपाध्यक्ष पदमा उमेदवारी दिएकी राना एमाले तिनाउ गाउँ कमिटीकी उप सचिव रही पाटी तथा सामाजिक काम गर्दै आएकी छन ।

वडा नंं १ को  वडा अध्यक्षमा भुवन सिंह चिदी, महिला सदस्यमा धनकुमारी बगाले, दलित महिला सदस्यमा रुप कुमारी कामी, खुला सदस्यमा देउ बहादुर पुन र यम बहादुर घर्तिले मनोनय दर्ता गरेका छन । वडा नंं २ को वडा अध्यक्ष यादव अर्याल, महिला सदस्यमा माया थापा, दलित महिला सदस्यमा तारा कुमारी सुनार, खुला सदस्यमा लक्ष्मण कुमाल र लक्ष्मण सिंह जोशीले मनोनयन दर्ता गरेका छन । यस्तै वडा नं.३ को वडा अध्यक्षमा कृष्ण पाण्डे, महिला सदस्यमा नारायणी पाण्डे, दलित महिला सदस्यमा तुल्सी वि.क., खुला सदस्यमा यम बहादुर कामी र जमान सिंह रानाले उमेदवारको मनोनयन दर्ता गरेका छन । वडा नंं ४ को वडा अध्यक्षमा तुल बहादुर आले, महिला सदस्यमा दुर्गा सुनारी, दलित महिला सदस्यमा कमला सुनार, खुला सदस्यमा तिलक सिंह चिदी र चुलविर दर्लामीले उमेदवारको मनोनयन दर्ता गरेका छन ।
वडा नंं ५ को वडा अध्यक्षमा नेकपा एमाले तिनाउँ गाउँ कमिटीले महिला लाई स्थान दिएको छ । इन्द्र कुमारी चिदीले वडा अध्यक्षमा मनोनयन दर्ता  गरेकी छन । पाल्पामा वडा अध्यक्षको उमेदवार हुने चिदी एउटा मात्र महिला उमेदवार हुन । पाल्पाका अन्य वडा अध्यक्षमा सबै पुरुषहरुले उमेदवारी दिएका छन । वडा नं. ५ को महिला सदस्यमा धनमाया दर्लामी, दलित महिला सदस्यमा छमिसरा विश्वकर्मा, खुला सदस्यमा हस्त बहादुर आले र पदम बहादुर आलेले मनोनयन दर्ता गरेका छन । यस्तै वडा नं. ६ को वडा अध्यक्षमा टेम बहादुर बगाले, महिला सदस्यमा पवित्रा चिदी, दलित महिला सदस्यमा मनै दमाइ, खुला सदस्यमा रेवत बहादुर रास्कोटी र देव बहादुर लामिछानेले उमेदवारी मनोनय दर्ता गरेका छन ।

पालिकाका ३२ जना उमेदवारहरुले बैशाख ११ गते नै मनोनयन दर्ता गरी प्रचार प्रसारमा जुटेको नेकपा एमाले पाल्पाका पुर्व सचिव एवं लुम्विनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगरले बताए । ५ बर्षे अवधीमा नेकपा एमाले  तिनाउँ गाउँपालिकामा जनताको आवश्यकता अनुसार विकास निर्माणका काममा जोड दिई लोकप्रियता कमाएको घर्तीले बताए ।

bhabindra gautam

Recent Posts

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो

प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका…

56 years ago

बालेनको जितमा ओलीको हार्दिक बधाई: ‘तपाईंको कार्यकाल सफल रहोस्’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित…

56 years ago

देउवाको किल्ला डडेल्धुरामा रास्वपाको झण्डा, ताराप्रसाद जोशी विजयी

काठमाडौं । सुदूरपश्चिमको चर्चित निर्वाचन क्षेत्र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशी प्रतिनिधिसभा…

56 years ago

झापा–३ मा लिङ्देन पराजित, विजयी प्रकाश पाठकलाई बधाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी…

56 years ago

झापा–५ मा बालेन शाहको ऐतिहासिक जित, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतले पराजित

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशकै चर्चित निर्वाचन क्षेत्र झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का…

56 years ago

रास्वपाले समानुपातिकतर्फ १० लाख मत कटायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ १० लाख मत कटाएको छ।…

56 years ago