तिनाउँमा एमालेका ३२ जना उम्मेदवारको मनोनयन दर्ता

पाल्पा १२ बैशाख ।
तिनाउँमा एमालेका ३२ जना उम्मेदवारको मनोनयन दर्ता  गराएका छन। नेकपा एमाले तिनाउँ गाउँ कमिटीले यही बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनको लागी गाउँपालिकाको प्रमुख देखी वडा सदस्य सम्मका उमेदवारहरुको मनोनयन दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालय दोभानमा उनिहरुको उम्मेदवारी दर्ता भएको हो ।

गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेम श्रेष्ठ

नेकपा एमालेको तर्फ बाट पालिकाको अध्यक्षमा प्रेम श्रेष्ठ, उपाध्यक्ष सावित्रा रानाले मनोनयन दर्ता गरेका छन । तिनाउँ एमालेले अध्यक्ष तथा उपाध्यक्ष दुवै पदमा  युवा उमेदवार उठाएको छ । वडा अध्यक्षमा युवालाई पहिलो प्राथमिकता दिएको छ ।

अध्यक्षका उमेदवार श्रेष्ठ हाल तिनाउँ गाउँपालिकाको पाटी कमिटीको अध्यक्ष रही काम गर्दै आएका छन भने, युवा संघ नेपालको केन्द्रिय सदस्य, नेपाल उधोग व्यापारी महासंघको केन्द्रिय सदस्य, पाल्पा उधोग वाणिज्य संघको दुई कार्यकाल सम्म कार्यसमिती सदस्य भई सामाजिक तथा राजनितिक काममा सक्रिय भुमिका खेल्दै आएका छन । उपाध्यक्ष पदमा  मगर जाती बाहुल्यता रहेको तिनाउँमा एमाले मगर महिला लाई नै उमेदवार बनाएको हो । उपाध्यक्ष पदमा उमेदवारी दिएकी राना एमाले तिनाउ गाउँ कमिटीकी उप सचिव रही पाटी तथा सामाजिक काम गर्दै आएकी छन ।

वडा नंं १ को  वडा अध्यक्षमा भुवन सिंह चिदी, महिला सदस्यमा धनकुमारी बगाले, दलित महिला सदस्यमा रुप कुमारी कामी, खुला सदस्यमा देउ बहादुर पुन र यम बहादुर घर्तिले मनोनय दर्ता गरेका छन । वडा नंं २ को वडा अध्यक्ष यादव अर्याल, महिला सदस्यमा माया थापा, दलित महिला सदस्यमा तारा कुमारी सुनार, खुला सदस्यमा लक्ष्मण कुमाल र लक्ष्मण सिंह जोशीले मनोनयन दर्ता गरेका छन । यस्तै वडा नं.३ को वडा अध्यक्षमा कृष्ण पाण्डे, महिला सदस्यमा नारायणी पाण्डे, दलित महिला सदस्यमा तुल्सी वि.क., खुला सदस्यमा यम बहादुर कामी र जमान सिंह रानाले उमेदवारको मनोनयन दर्ता गरेका छन । वडा नंं ४ को वडा अध्यक्षमा तुल बहादुर आले, महिला सदस्यमा दुर्गा सुनारी, दलित महिला सदस्यमा कमला सुनार, खुला सदस्यमा तिलक सिंह चिदी र चुलविर दर्लामीले उमेदवारको मनोनयन दर्ता गरेका छन ।
वडा नंं ५ को वडा अध्यक्षमा नेकपा एमाले तिनाउँ गाउँ कमिटीले महिला लाई स्थान दिएको छ । इन्द्र कुमारी चिदीले वडा अध्यक्षमा मनोनयन दर्ता  गरेकी छन । पाल्पामा वडा अध्यक्षको उमेदवार हुने चिदी एउटा मात्र महिला उमेदवार हुन । पाल्पाका अन्य वडा अध्यक्षमा सबै पुरुषहरुले उमेदवारी दिएका छन । वडा नं. ५ को महिला सदस्यमा धनमाया दर्लामी, दलित महिला सदस्यमा छमिसरा विश्वकर्मा, खुला सदस्यमा हस्त बहादुर आले र पदम बहादुर आलेले मनोनयन दर्ता गरेका छन । यस्तै वडा नं. ६ को वडा अध्यक्षमा टेम बहादुर बगाले, महिला सदस्यमा पवित्रा चिदी, दलित महिला सदस्यमा मनै दमाइ, खुला सदस्यमा रेवत बहादुर रास्कोटी र देव बहादुर लामिछानेले उमेदवारी मनोनय दर्ता गरेका छन ।

पालिकाका ३२ जना उमेदवारहरुले बैशाख ११ गते नै मनोनयन दर्ता गरी प्रचार प्रसारमा जुटेको नेकपा एमाले पाल्पाका पुर्व सचिव एवं लुम्विनी प्रदेश सदस्य ओम बहादुर घर्तिमगरले बताए । ५ बर्षे अवधीमा नेकपा एमाले  तिनाउँ गाउँपालिकामा जनताको आवश्यकता अनुसार विकास निर्माणका काममा जोड दिई लोकप्रियता कमाएको घर्तीले बताए ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago