काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा निर्वाचनमा आफू पराजित भएपछि विजयी उम्मेदवारलाई बधाई दिएका छन्।
झापा–३ बाट उम्मेदवार रहेका लिङ्देनलाई **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का प्रकाश पाठकले पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजयी हुँदा लिङ्देन १७ हजार २९४ मतमा सीमित भएका छन्।
पराजयपछि लिङ्देनले सामाजिक सञ्जालमार्फत विजयी पाठकलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यासप्रति सम्मान व्यक्त गरेका छन्।
यसैबीच, जुम्लाबाट राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। पार्टीबाट निर्वाचित एक मात्र उम्मेदवार शाहीलाई बधाई दिँदै लिङ्देनले जुम्लावासीलाई पनि धन्यवाद व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट विजयी हुनुभएको छ। ज्ञानेन्द्र शाही र जुम्ली जनतालाई हार्दिक बधाई।”
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…