आज लमजुङको ८ वटै स्थानीय तहमा एमालेको उम्मेदवार तय

लमजुङ: नेकपा एमालेले लमजुङको ८ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । एमालेले लमजुङको बेसीसहर नगरपालिका प्रमुखमा गुमानसिंह अर्याललाई दोहोर्‍याएको छ भने उपप्रमुखमा पदमा गुरुङलाई उम्मेदवार बनाएको छ ।
मध्यनेपाल नगरपालिका प्रमुखमा राजकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ यसअघि उपप्रमुख थिए । यसैगरी उपप्रमुखमा सीता गुरुङलाई उम्मेदवार बनाएको छ ।
सुन्दरबजार नगरपालिका प्रमुखमा भीमबहादुर गुरुङ र उपप्रमुखमा भवानी केसीलाई उम्मेदवार बनाएको छ । राइनास नगरपालिका प्रमुखमा सिंहबहादुर थापा र उपप्रमुखमा शोभा पन्थी चिलुवाललाई उम्मेदवार बनाएको छ ।

गाउँपालिकातर्फ दोर्दी गाउँपालिका प्रमुखमा युवराज अधिकारी र उपाध्यक्षमा कार्यपालिका सदस्य उषा गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा अर्जुन गुरुङलाई दोहोर्‍याएको छ भने उपाध्यक्षमा जुना थापालाई उम्मेदवारमा उठाउने भएको छ ।
क्व्होलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ र उपाध्यक्षमा कार्यपालिका सदस्य गमीमाया गुरुङलाई उठाउने भएको छ । यसैगरी दूधपोखरी गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा कृष्णमाया गुरुङलाई चयन गरिएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए । सत्ता गठबन्धनले भने उम्मेदवार टुंगो लगाएको वा नगलगाएको बारे जानकारी गराएको छैन ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago