धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस गठबन्धनबाट अलग भएको हो ।
गएराति अबेरसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो ।
दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई भागबण्डा गरिएको प्रमुखको जिम्मेवारी तोकेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।
दहरुलाई आजै उम्मेदवारको टुंगो लगाएर मनोनयन गरिसक्नुपर्ने छ । आज बेलुका ५ बजेसम्म मात्रै मनोनयन दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । गठबन्धनकै लागि समय खर्च हुँदा दलहरुले उम्मेदवार सार्वजनिक गर्न सकेका थिएनन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…