रामेछाप समाज जापान पुर्नागठन : अध्यक्षमा शान्त पहरी सर्वसहमत चयन ।

टोकियो । रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आईतवार सम्पन्न भेलाले तेस्रो अधिबेशन ६ महिना भित्र गर्ने गरी नयाँ समिति निर्माण गरेको हो । समाजका तत्कालीन सचिब जानुका श्रेष्ठको अध्यक्षतामा, जापानका रामेछापेली सफल युवा ब्यवसायी, समाजसेवी श्याम खड्काको प्रमुख आतिथ्यता र पत्रकार शान्त पहरीले संचालन गरी सम्पन्न भएको थियो ।

सन २०१६ अप्रिल महिनामा स्थापना भएको रामेछाप समाज जापानको कार्य समिति दोस्रो अधिबेशन बिगत ३ वर्षअघिबाट निष्क्रिय रहेको थियो । आजको भेलाबाट जानुका श्रेष्ठलाई उपसंयोजक र बिनुका खड्कालाई आर्थिक संयोजक तोकेको छ । मादल रेष्टुरेण्ट कामतामा शुभकामना आदान प्रदान गरी सम्पन्न भेलाले समाजको संरक्षक तथा सल्लाहकारहरुमा श्याम खड्का, सुदन थापा, निकेश श्रेष्ठ, पर्शुराम बस्नेत, नारायण खड्का, सिजन तामाङ, कर्मा लामालाई चयन गरेको छ ।

भेलाले समाजको कार्यसमिति सदस्यहरुमा रामहरी खपाङगी मगर, भीम रायमाझी, शिक्षाशान्ति वाईबा, मनिता मोक्तान, निर्मल श्रेष्ठ, प्रकाश बुढाथोकी, सुमन कार्की, जनक खड्का, तेज थिङ, अंकित बुढाथोकी, सरिता तामाङ, अनुज केसी, सलिना मोक्तान, रविन दोङ, उपेन्द्र बुढाथोकी, कल्पना खड्का, उत्तम कार्की, लेकी शेर्पालाई गयन गरेको छ । रामेछाप समाज जापानको पुनर्गठन तथा शुभकामना आदान प्रदान कार्यक्रममा चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी, नवलपुर समाज जापानका सचिब ऋषिराम पौडेल, महिला नेतृ मुना सुनार लगाएतले शुभकामना दिनु भएको थियो ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago