रामेछाप समाज जापान पुर्नागठन : अध्यक्षमा शान्त पहरी सर्वसहमत चयन ।

टोकियो । रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । टोकियोमा आईतवार सम्पन्न भेलाले तेस्रो अधिबेशन ६ महिना भित्र गर्ने गरी नयाँ समिति निर्माण गरेको हो । समाजका तत्कालीन सचिब जानुका श्रेष्ठको अध्यक्षतामा, जापानका रामेछापेली सफल युवा ब्यवसायी, समाजसेवी श्याम खड्काको प्रमुख आतिथ्यता र पत्रकार शान्त पहरीले संचालन गरी सम्पन्न भएको थियो ।

सन २०१६ अप्रिल महिनामा स्थापना भएको रामेछाप समाज जापानको कार्य समिति दोस्रो अधिबेशन बिगत ३ वर्षअघिबाट निष्क्रिय रहेको थियो । आजको भेलाबाट जानुका श्रेष्ठलाई उपसंयोजक र बिनुका खड्कालाई आर्थिक संयोजक तोकेको छ । मादल रेष्टुरेण्ट कामतामा शुभकामना आदान प्रदान गरी सम्पन्न भेलाले समाजको संरक्षक तथा सल्लाहकारहरुमा श्याम खड्का, सुदन थापा, निकेश श्रेष्ठ, पर्शुराम बस्नेत, नारायण खड्का, सिजन तामाङ, कर्मा लामालाई चयन गरेको छ ।

भेलाले समाजको कार्यसमिति सदस्यहरुमा रामहरी खपाङगी मगर, भीम रायमाझी, शिक्षाशान्ति वाईबा, मनिता मोक्तान, निर्मल श्रेष्ठ, प्रकाश बुढाथोकी, सुमन कार्की, जनक खड्का, तेज थिङ, अंकित बुढाथोकी, सरिता तामाङ, अनुज केसी, सलिना मोक्तान, रविन दोङ, उपेन्द्र बुढाथोकी, कल्पना खड्का, उत्तम कार्की, लेकी शेर्पालाई गयन गरेको छ । रामेछाप समाज जापानको पुनर्गठन तथा शुभकामना आदान प्रदान कार्यक्रममा चितवन समाज जापानका बरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारी, नवलपुर समाज जापानका सचिब ऋषिराम पौडेल, महिला नेतृ मुना सुनार लगाएतले शुभकामना दिनु भएको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago