सरकारको कारण व्यवसायीले ग्यास लुकाए

काठमाडौँ: नेपाल आयल निगमका एलपीजी तथा एभिएसन विभाग प्रमुख नेत्र काफ्लेको भनाइ मान्ने हो भने पछिल्लो समय प्रतिदिन औसत १ सय बुलेटको पीडीओ जारी हुन्छ । एउटा बुलेटमा १८ टन ग्यास (एक टनमा ७०.४२ सिलिन्डर) अर्थात् प्रतिदिन १ लाख २६ हजार सिलिन्डर बजारमा पठाइन्छ । सोही हिसाबले बजारमा ग्यास सहजै पाउनुपर्ने हो । तर अहिले सहज ग्यास पाउन मुस्किल छ । ग्यास पाउन सर्वसाधारणले एक साता कुर्नुपर्ने अवस्था आइलागेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले भारतीय आयल कर्पोरेसन (आईओसी) को पारादिप, हल्दिया, बरौनी र मथुरा रिफाइनरीबाट ग्यास आयात गर्छ । ग्यास आयातका क्रममा सीमा नाकामा कुनै अवरोध छैन । तर पनि बजारमा दुई सातादेखि नै ग्यास अभाव छ । आखिर किन भयो ग्यास अभाव ? मुख्य कारण ग्यासको मूल्य बढाउने सरकारले गरेको हल्ला हो । अर्थमन्त्री जनार्दन शर्माले इन्धनको मूल्य पूर्ण रूपमा स्वचालित लागू गर्न वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिएका थिए ।
हाल ग्यासको मूल्य प्रतिसिलिन्डर १६ सय रुपैयाँ छ । पूर्ण स्वचालित मूल्य भए प्रतिसिलिन्डर साढे २५ सय रुपैयाँ पर्छ । ‘त्यही हल्लाले डिलरहरूले पनि ग्यास लुकाए,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जर्नले भने, ‘राज्यको विश्वास नभएर उपभोक्ता, डिलर र व्यवसायीले ग्यास लुकाएका छन् । तर सरकार रमिते भई बसेको छ ।’ न मूल्य बढायो न त ग्यास अभाव नियन्त्रण नै गर्न सक्यो । त्यसको असर उपभोक्ताले सास्ती भोग्नुपरेको छ ।

बजारमा ग्यास लुकाएको छिटफुट घटना जानकारीमा आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी धनेश्वर पौडेलको भनाइ छ । ‘सर्वसाधारणले पनि रिजर्भ राखे । डिलरले ग्यास भएर पनि लुकाए । व्यवसायीले लुकाएको पनि हेर्दै छौं,’ उनले भने, ‘लुकाउनेलाई छिट्टै कारबाही हुन्छ ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago