पाल्पा, १२ वैशाख । नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ । पाँच दलिय गठबन्धनमा भागबण्डा भए अनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो ।
तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन् । रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन् । रामपुरको उप–प्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन भएकी छिन् । निस्दी गाउँपालिका अध्यक्षमा गोविन्द प्रसाद अर्याल र पूर्वखोला गाउँपालिका उपाध्यक्षमा बिष्णु कुमारी आचार्य उम्मेदवार बन्ने भएकी छिन् । रम्भा उपाध्यक्षमा बिष्णु कुमार थापाले मनोनयन दर्ता गर्नेछन् ।
माथागढी गाउँपालिका अध्यक्षमा सन्तोष थापा र उपाध्यक्षमा विजया भट्टराई तथा वगनाशकाली गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी चयन भएकी छिनु । रिब्दीकोट गाउँपालिका उपाध्यक्षमा शान्ता अधिकारी चयन भएकी छिन् । रैनादेवी छहरा गाउँपालिकामा रूक्मागत भट्टराई र तिनाउँ गाउँपालिका उपाध्यक्षमा लालबहादुर थापालाइ उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस सूचना विभाग प्रमुख सन्तोष कुमार थापाले बताए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमाले विरुद्ध पाँच दलिय गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…