डिजाइन स्टाइल र स्पेस अरुभन्दा उत्कृष्ट भएको फोर्स गुर्खा , शुक्रबार नेपाली बजारमा सार्वजनिक गरिँदै

काठमाडौँ – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गर्दैछ। ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण हामी आजदेखि गर्दैछौं’, आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले भने। आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।

ग्राउण्ड(अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी(वागनलाई प्रतिविम्बित गर्छ। लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारैजना यात्रुको लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एकमात्र यस्तो गाडी हो, जुन विनाकुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअरइन्टेक स्नोर्कलर चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको छ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बधी गरेको कभरेजमा गुर्खाको डिजाइन, स्टाइल र स्पेस अरुभन्दा उत्कृष्ट भएको जनाएको थियो। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चारपटकसम्म निस्शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन्। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधारसहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago