डिजाइन स्टाइल र स्पेस अरुभन्दा उत्कृष्ट भएको फोर्स गुर्खा , शुक्रबार नेपाली बजारमा सार्वजनिक गरिँदै

काठमाडौँ – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा बिक्री वितरण शुभारम्भ गर्दैछ। ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण हामी आजदेखि गर्दैछौं’, आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले भने। आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।

ग्राउण्ड(अप मोडुलर आर्टिटेक्चर प्लेटफर्ममा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी(वागनलाई प्रतिविम्बित गर्छ। लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारैजना यात्रुको लागि क्याप्टेन सिटलगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

मर्सिडिज निर्मित २६०० सीसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एकमात्र यस्तो गाडी हो, जुन विनाकुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअरइन्टेक स्नोर्कलर चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्यभन्दा विशेष प्रकारको रहेको छ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभसम्बधी गरेको कभरेजमा गुर्खाको डिजाइन, स्टाइल र स्पेस अरुभन्दा उत्कृष्ट भएको जनाएको थियो। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चारपटकसम्म निस्शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन्। दक्ष र अनुभवी जनशक्ति तथा अत्याधुनिक पूर्वाधारसहित गुर्खाको अधिकृत विक्रेताले ग्राहकहरुलाई उच्चभन्दा उच्च सेवा र सुविधा प्रदान गर्नेछ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago