बिन्दु पंथी, काठमाडौं: डण्डीफोर छाला सम्बन्धि हुने सबैभन्दा सामान्य तर सबैभन्दा तनाव दिने समस्या हो । किनभने यो प्रत्यक्ष मानिसको सौन्दर्यतासँग जोडिएको हुन्छ। यो समस्या १२ देखि १३ वर्षको उमेर समूहबाट देखि सुरु हुन्छ, अर्थात् यो समस्या विशेषतया किशोर अवस्थामा देखिने समस्या हो।

यस उमेरमा एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनहरू घढबढ हुने प्रक्रिया तिब्र हुने हुँदा अनुहारमा चिल्लोपन वा तेल निष्काशित गर्ने ग्रन्थीहरु पनि सक्रिय हुने छाला तथा सौन्दर्य विशेषगज्ञ डा. ललन खतिवडाले क्यानडानेपाललाई जानकारी दिए।

यतिबेला शारीरिक अंगहरुको विकास र शारीरिक रुपमा पनि परिवर्तन देखिने हुँदा यसबेला डण्डीफोरले सताउन सुरु गर्छ । यस बेला हर्मोनहरु पनि शरीरमा बढ्ने हुँदा चिल्लो पदार्थ निकाल्ने ग्रन्थीहरु सक्रिय हुन्छन् र डण्डीफोर आउने समस्या बढ्ने डा. ललन खतिवडाले जानकारी दिए ।

किशोर अवस्थामा महिला तथा पुरुष दुवैमा हर्मोन बढी उत्पादन हुने भएकाले चिल्लो पदार्थ निकाल्ने ग्रन्थीहरु सक्रिय हुन्छन् । र शरीरको ठाउँ ठाउँमा जमेर बस्दा उत्पन्न हुने ब्याक्टेरियाले डण्डीफोर आउने गर्दछ। उमेर बढ्दै गएपछि मुहारबाट डण्डीफोर हराउँदै जान्छन्, किनभने उमेर बढ्दै जाँदा हर्मोनहरुको सक्रियाता पनि घट्दै जाने डा. खतिवडाले जानकारी दिए।

अध्ययनहरुले खानेकुरा र डण्डीफोरबीच कुनै सम्बन्ध नरहेको बताएको छ। तर, नयाँ अध्ययनहरुले खानेकुराहरुको पनि डण्डीफोरको सम्बन्ध रहेको पुष्टि गरेको भेटिएको उनले बताए । चकलेटहरु खाँदा टेस्टोस्टेरोन हर्मोन बढ्ने गर्दछ र शरीरमा चिल्लोपना बढी निस्कासित हुने गरेको देखिएको छ। त्यसैगरी, दुधजन्य खाद्य पदार्थले पनि टेस्टोस्टेरोन हर्मोन बढ्ने गर्छ। परिणाम स्वरुप डण्डीफोर आउने समस्या देखिने गर्छ।

डण्डीफोर आउन नदिन ध्यानदिनु पर्ने महत्वपूर्ण कुराहरु:

जीवनशैलीमा परिवर्तन गर्नुपर्ने: डण्डीफोर आउन नदिन एक व्यक्तिले सर्वप्रथम आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ। यसको मतलब उसले बिहान सबेरै उठ्ने, राति धेरैबेरसम्म जागा नबस्ने, राति हल्का खानेकुरा खाने, दैनिक ८ देखि १० गिलास पानी पिउने र पिज्जा, बर्गर, आइसक्रिम, चकलेट समोसा जस्ता खानेकुरा नखाने, हल्का व्यायाम गर्ने, तनाव कम गर्न विभिन्न किसिमका योगआसन अथवा ध्यान गर्ने गर्नुपर्छ। यी सबै नियमहरुको पालना गर्नसाथ स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै डण्डीफोर आउने समस्या पनि विस्तारै निर्मूल हुँदै जान्छ।

छालाको जाँच गराई क्रिम वा कस्मेटिकको प्रयोग गर्ने : छाला शरीरको सबैभन्दा संवेदनशील अंग हो। शरीर भित्र गडबडी हुन साथ त्यसको प्रभाव छालामा पर्छ। त्यसकारण बजारमा पाइने जुनसुकै क्रिम वा कस्मेटिकको प्रयोग गर्नु अघि चिकित्सकको परामर्श लिनुपर्ने डा. खतिवडा सुझाव दिन्छन्।

भिटामिन ’सी’ र भिटामिन ’डी’युक्त फलफुल तथा सागसब्जी खाने : आफ्नो दैनिक आहारमा भिटामिन ’सी’ र भिटामिन ’डी’ युक्त फलफूल तथा सागसब्जीहरुको समावेश गर्दा पनि डण्डीफोर आउने समस्या केहि हदसम्म निर्मूल हुने गर्दछ। भिटामिन ’सी’ र भिटामिन ’डी’ प्रचुरमात्रमा पाइने सुन्तला, अनार, मौसम, फर्सी, सख्खरखण्ड, पपीता, स्याउ, टमाटर, केरा, कगाती खानुपर्छ ।

मासु नखाने: डण्डीफोर आउन नदिन मासु खानु हुँदैन वा मासुको मात्रालाई आफ्नो दैनिक आहारमा कटौती गर्नुपर्ने हुन्छ। मासु धेरै एसिडिक हुन्छ। जसले शरीरको पीएचस्तरलाई असन्तुलित बनाउँछ र मासुमा उच्च मात्रामा प्रोटिन पाइने भएकाले यसलाई पचाउन धेरै समय लाग्छ।

मेकअपमा परिवर्तन : यदि कोही डण्डीफोरबाट पीडित छ भने उसले कहिलेपनि आफ्नो अनुहारमा हेभी मेकअप गर्नु हुँदैन। आफ्नो मेकअपमा थोरै परिवर्तन ल्याउँदा पनि डण्डीफोरलाई केही हदसम्म रोकथाम गर्न सकिन्छ। त्यसैगरी बदामको तेल इत्यादिको तेलले बनाएको श्रृंगार अनुहारमा प्रयोग गर्नुहुन्न। किनभने बदामले अनुहारको प्वाल बन्द गर्दछ। जसको कारण अनुहारमा डण्डीफोर विकसित हुन थाल्छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago