काठमाडौं: क्षेत्रफलको हिसाबले सानो भएपनि नेपाल धरातलिय तथा मौसमी विविधता(वन,वन्यजन्तु, जैविक विविधता,सिमसार,भौगोलिक र जलवायुजन्य)का आधारमा सम्पन्न देश मान्निछ । नेपालमा जडिबुटीको भण्डार छ । ८१९ भन्दा बढी प्रजातिका वनस्पतिहरु जडिबुटीका रुपमा प्रयोग हुने गरेका छन्।

जसमध्ये गुर्जो पनि एउटा आयुर्वेदिक महत्व बोकेको जडिबुटी हो । जुन परापूर्वकाल देखि नै औषधिको रुपमा प्रयोग हुदै“ आइरहेको छ । जसलाई हामी दिब्य हर्वको रुपमा पनि चिन्ने गर्दछौ“। यो भारत, म्यानमार, श्रीलङ्का र नेपालामा धेरै मात्रामा पाइने गर्छ। संस्कृतमा गुडुची वा अंमृता भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ। यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । गुर्जो मेनिस्परलिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडिबुटी हो। यसको फुल सानो हुन्छ जुन हरियो पहेलो र¨को हुने गर्छ । यसको काण्डको स्वाद तितो हुन्छ ।

यसमा पाइने विभिन्न रासायनिक तत्वहरु जुन एन्टिभाइरल, एन्टिबायोटिक, एंटीटक्सीन, एन्टिक्यान्सर, एन्टिअक्सीडेन्ट, एन्टिएलर्जिक जस्ता औषधिको रुपमा प्रयोग हुने गर्दछ। यो एउटा ग्लेवोरियस कलाईवि¨ लहरा हो । यसको रसीला काण्ड र कागजि बोव्रmा व्रmीम जस्तो सेतो रङको हुन्छ ।

लम्बाइमा करीब ३० मिटर जति लामा र पातहरु मुटु आकारका हुन्छन्। यो जडिबुटीको फुल फुल्ने समय एप्रिल–नोभेम्वर हो भने कटाइ गर्ने समय फेब्रवरि–एप्रिल हो। यो प्रायजसो नेपालको तराई र मध्य पाहाडी भ–ुभागमा(५००–१०००)मिटरको उचाइमा पाइन्छ । यसलाई स्टीम कटिङको माध्यमबाट सजिलै सार्न सकिन्छ।यो बलौटे एवम् सिचाइको राम्रो सुविधा भएको ठाउ“मा राम्रोस“ग उम्रिन र फस्टिन सक्छ। यसको काण्ड, जरा एव्म पुरै विरुवा नै प्रयोगमा आउने गर्दछ।

गुर्जो नेपालमा पाइने महत्वपूर्ण जडिबुटि हो। औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो,रुघाखोकी र चिसोमा लाग्ने बाथ लगायत अन्य रोगहरुको औषधिको रुपमा प्रयोग गरिन्छ। साथै विभिन्न खालको एलर्जी, टिवी, महिलाहरुमा हुने महिनावारी गडबडी, जन्डीस, चर्मरोग, मधुमेह क्यान्सरसम्मका लागि गुर्जो अचुक औषधि हुने आयुर्वेद चिकित्सहरु बताउ“छन्। यसले मानिसको पाचन प्रणालीमा पनि सुधार ल्याउछ।

यसले मानसिक तनाव जस्ता समस्यादेखी छुट्कारा दिनुका साथै स्मरण शक्ति पनि वृद्वि गर्छ। यसमा बुढेसकाल विरोधि(एन्टि–एजिङ) गुणहरु हुनाले पिंपल, डार्कसर्कल, रिंक्ल जस्ता समस्याहरु कम गर्नुका साथै छालालाई चमकिलो बनाउन पनि मदत गर्छ। यसमा एन्टि–आ“रथ्राइटिस् र एन्टि–इन्ङ्खलेमेटोरी गुणहरु पाइन हुनाले, आ“रथ्राीटिस् को उपचारमा पनि प्रयोग हुने गर्छ। साथै यसले रगत सुद्वी पार्ने काम पनि गर्छ। यसको रस आखा“मा प्रयोग गर्नाले आखा“ सम्बन्धि समस्यामा पनि सुधार आउने विज्ञहरु बताउछन्।

हाल विश्वभर कोरोना भइरसको सन्त्रास फैलिरहेको छ। अहिले सम्म कोरोना भाइरसको खोप वा कुनै उपचार पद्वति विकास नभएकाले देशभित्रै रहेको जडिबुटि उपयोग गर्नुपर्ने आयुर्वेद चिकित्सकहरु बताउ“छन्। कोरोना भाइरस विरुद्व लड्नको लागि शरिरमा रोग प्रतिरोधात्मक क्षमता चाहिने भएकाले गुर्जेामा पनि यस्तो गुण हुने भएकाले आयुर्वेदिक चिकित्सकहरुले यो जडिबुटि प्रयोग गर्न सुझाव पनि दिदै आएका छन्।

विभिन्न आयुर्वेद चिकित्सकहरुले कोरोना भाइरस (कोभिड–१९) स“ग नडराउन आग्रह गर्दे गुर्जोको रस पिउ“दा फाइदा हुने बताएका छन्। आयुर्वेद चिकित्सा पद्वतिको माध्यमले हामी यस कोरोना भाइरसको बिषम परिस्थितिस“ग लड्न सक्छौ“ भन्दै विभिन्न आयुर्वेद विशेषज्ञहरुले बताउ“दै आएका छन्। त्यसैले हामीले हाम्रो वरिपरी पाइने यस्तो बहुमुल्य जडिबुडिको प्रयोग कीन नगर्ने त?यसको प्रयोगले कुनै साइड इफेक्ट् हुदैन । आयुर्वेदिक औषधी खानजाने अमृत नजाने विष भने झै यसको प्रयोग सही ढङ्गले नभएमा यस्ले हानी पनि गर्न सक्छ ।

हरेक कुराको फाइदा हुन्छ भने पक्कै पनि त्यसको केही बेफाइदा पनि हुन्छ। त्यसकारण यो लो ब्लड प्रेसर , गर्भवती महिला, स्थनपान गराइरहेका महिला, पा“चबर्ष भन्दा मुनीका बालबालीकाहरु, तत्काल अप्रेशन गरेका बिरामीहरुमा यसको सेवन नगर्न चिकित्सकहरुले रोक लगााएको पाइन्छ।

रोग लागि सकेपछि पछुताउनु भन्दा रोग लाग्न नदिनुनै बेश भन्ने उक्ति छ । त्यसैले हाम्रै वरपर सर्बसुलभ रुपमा उपलब्ध हुने यो बहुगुणकारी वनस्पतिको महत्वलाई बुझी यसको सही उपयोग गर्न सके हामी स्वाथ्य जीवन जिउन सक्छौ । भविष्यमा हुन सक्ने असाध्य रोगहरुबाट पनि मुक्ति पाउ“न सक्छौ ।

सम्पूर्ण नागरिकले यसको गुणको बारेमा सबैलाई जानकारी गराउदै यसको उपयोग र उत्पादनमा वृदि गराउन सके बर्षेनी एलोपेथिक औषधिको खरिदमा बाहिरिने मुıामा कमी हुनुका साथै देश विकासको लागि स्वथ्थ नागरिक तयार गर्न सकिन्छ । सरकारले पनि यस्तो बहुगुणकारी गुर्जोको उत्पादन, संरक्षण र र प्रयोगमा जोड दिनु पर्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago