तनहुँ: जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेसँगै शाह जिल्ला कारागार चलान भएका हुन । शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।
शाहको पक्षबाट ११ कानुन व्यवसायी र पीडितको पक्षबाट ९ जनाले बहसमा भाग लिएका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…