काठमाडौँ: भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने नेपाल विद्युत् प्राधिकरणले प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै अहिले भारतबाट महँगोमा बिजुली किन्नु परेको र यसले प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नुपर्ने अनुमान गरिएको बताए ।
तर महँगोमै बिजुली किनेर भएपनि बिहीबार रातिबाट सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने उनले बताए । उनले हालको समस्या छोटो अवधिको रहेको स्पष्ट पारे । ‘यो तत्कालीन असर हो । केही समयका लागि भारतबाट आउने बिजुली महँगो पर्ने परिस्थिति देखिएको छ, हामीले महँगोमै पनि आपूर्ति गरी उद्योगलाई दिन्छौं, राति १२ बजेदेखि कुनै पनि उद्योगलाई बिजुलीको समस्या हुँदैन’ उनले भने । लोडसेडिङ हुने भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
प्राधिकरणले शुक्रबारका लागि प्रतियुनिट भारु २० रुपैयाँमा बिजुली किन्न प्रस्ताव गरेकाले भारतबाट बिजुली पाउनेमा आफू आशावादी रहेको घिसिङले बताए । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य अकासिएको छ । त्यसको असर नेपालमा पनि परेको र यसलाई विश्वव्यापी संकटकै रुपमा बुझ्नुपर्ने घिसिङले बताए ।
जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने उनले बताए । ‘असारदेखि त ४/५ सय मेगावट निर्यात नै गरिन्छ’ उनले भने । घिसिङका अनुसार बिहारबाट हाल नेपालमा दिउँसो दैनिक ३ सय मेगावाटसम्म बिजुली आइरहको छ । यो आर्थिक वर्षको केही महिना करिब ३० प्रतिशत बिजुली आयात भएको घिसिङले बताए ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…