गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी

काठमाडौं: सत्तारुढ माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

बैठक प्रचण्ड निवास खुमलटारमा बसेको थियो। बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिती थियो। बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डकी छोरी गंगा दाहालले जानकारी दिइन्।

बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ-आफ्नो धारणा राखेका थिए। केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरि ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने नरहने बारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन। माओवादी केन्द्रले अन्तिम पटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले बताए।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago