गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा, बहिष्कार गरेर सहयोग गर्ने !

काठमाडौं: सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् ।

एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

‘अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो’ माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’

माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ । ‘गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने भनेको मतदानमा सहभागी नहुने भनिएको हो । अब माओवादी र एकीकृत समाजवादीले एमसीसीको विरुद्धमा भाषण गरेर बहिष्कार गर्ने छन्’ एक नेता भन्छन्, ‘कांग्रेस, जसपा र लोसपाले पक्षमा मतदान गर्नेछन्, एमालेले वेल घेर्छ, त्यसो हुँदा एमसीसी पास हुन्छ, गठबन्धन जोगिन्छ ।’

शुक्रबार नै कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्नि सापकोटालाई भेटेर एमसीसी अनुमोदनको संसदीय प्रक्रियाबारे सरकारको धारणा जानकारी गराएका छन् । सैद्धान्तिक छलफलमै मत विभाजन गराउने संसदीय प्रक्रिया नभएको भन्दै उनले सभामुखको धारणा मागेका थिए ।

जवाफमा सापकोटाले यसबारे आफ्नो कुनै धारणा नभएको र सबै विषय आपसी छलफल र सहमतिकै आधारमा अघि बढिरहेको जानकारी गराएका थिए । लगत्तै प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि मन्त्री बडु र सभामुख सापकोटाबीचको संवादमा ध्वनि मतका आधारमा एमसीसी अनुमोदन गर्दा गठबन्धन जोगिन सक्ने भएकाले सहयोग गर्न सभामुखलाई आग्रह गरेका थिए ।
बिहीबार कांग्रेससँग दुई चरण र माओवादी केन्द्रसँग भएको छलफलमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमन र १४ सांसदको पद खारेजीलाई पूर्वशर्तका रुपमा अघि सारेको थियो । तर एमाले र कांग्रेसबीच छलफल बाक्लिएपछि माओवादी केन्द्र र समाजवादी झस्किएका थिए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago