काठमाडौं: सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले रातोपाटीलाई बताए ।
शुक्रबार दुबईबाट आएका कमल घिमिरेले ल्याएको १० वटा सुनको सिक्री गुरागाईंले रिसिभ गरेर भन्सार चेकजाँच पार गराएका थिए । फ्लाई दुबईको विमानबाट काठमाडौं ओर्लिएका घिमिरेलाई प्रहरीले पक्रेर सोधपुछ गर्दा गुरागाईंको सहयोगमा सो सिक्री भन्सार पार गराएर बाहिर ल्याएको खुलेको थियो ।
अध्यागमन कार्यालय प्रमुख शाहीका अनुसार गुरागाईं स्टोर किपर हुन् । उनले विमानस्थल भन्सारबाट पास गराएको १ किलो बराबरको १० जना सुनको सिक्री प्रहरीले बरामद गरेको छ । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…