काठमाडौं: सुन तस्करलाई सघाएको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायब सुब्बा लक्ष्मण गुरागाईंलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले रातोपाटीलाई बताए ।
शुक्रबार दुबईबाट आएका कमल घिमिरेले ल्याएको १० वटा सुनको सिक्री गुरागाईंले रिसिभ गरेर भन्सार चेकजाँच पार गराएका थिए । फ्लाई दुबईको विमानबाट काठमाडौं ओर्लिएका घिमिरेलाई प्रहरीले पक्रेर सोधपुछ गर्दा गुरागाईंको सहयोगमा सो सिक्री भन्सार पार गराएर बाहिर ल्याएको खुलेको थियो ।
अध्यागमन कार्यालय प्रमुख शाहीका अनुसार गुरागाईं स्टोर किपर हुन् । उनले विमानस्थल भन्सारबाट पास गराएको १ किलो बराबरको १० जना सुनको सिक्री प्रहरीले बरामद गरेको छ । उनीहरु दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…