जसपाको कार्यकारिणी बैठक सुरू, बिचरा बाबुराम मौन देखिए

काठमाडौं: आन्तरिक विवाद पेचिलो बन्दै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक सुरू भएको छ।
३४ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ।

माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ।
यादवले निर्णयहरू एकलौटी गरेको भट्टराई पक्षको आरोप छ।
पछिल्लो समय भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीको खुलेर समर्थन गरिरहेका छन् भने यादव यसबारे मौन देखिएका छन्।

आउँदो स्थानीय तहको निर्वाचन लागि उम्मेदवार बनाउन समेत यादवले एकलौटी गर्न खोजेको आरोप भट्टराई पक्षको छ।
भट्टराई पक्षले यसअघि नै पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको थियो। यादवले भने यसलाई आलटाल गर्दै आएका थिए। ३४ सदस्यीय कार्यकारिणीमा भट्टराईले बहुमत जुटाइसकेको बताइएको छ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago