जसपाको कार्यकारिणी बैठक सुरू, बिचरा बाबुराम मौन देखिए

काठमाडौं: आन्तरिक विवाद पेचिलो बन्दै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक सुरू भएको छ।
३४ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ।

माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ।
यादवले निर्णयहरू एकलौटी गरेको भट्टराई पक्षको आरोप छ।
पछिल्लो समय भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीको खुलेर समर्थन गरिरहेका छन् भने यादव यसबारे मौन देखिएका छन्।

आउँदो स्थानीय तहको निर्वाचन लागि उम्मेदवार बनाउन समेत यादवले एकलौटी गर्न खोजेको आरोप भट्टराई पक्षको छ।
भट्टराई पक्षले यसअघि नै पार्टीको कार्यकारिणी बैठक बोलाउन माग गरेको थियो। यादवले भने यसलाई आलटाल गर्दै आएका थिए। ३४ सदस्यीय कार्यकारिणीमा भट्टराईले बहुमत जुटाइसकेको बताइएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago