काठमाडौं: भर्खरै मात्र नेपाली बजारमा बुकिङ सुरु भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा पहिलो दिननै ५० भन्दा बढी बुकिङ भएको छ। सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसको सहकार्यमा कम्पनीले एस–२२ को बुकिङ तथा बिक्री वितरण शुरु गरेको हो।

बुकिङ खुल्ला भएको पहिलो दिनमा नै ५० पिसभन्दा बढी एस–२२ सिरिजको बुकिङ भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले जानकारी दिए। एक दिनमै यती धेरै संख्यामा बुकिङ समान्यतः नहुने उनले बताए। सामसुङ एस २२ सिरिज नेपालमा औपचारिक रुपमा सार्वजनिक हुने बित्तिकै कम्पनीले बुकिङ खुल्ला गरेको हो। दैनिक बुकिङको रेकर्डले यस मेडेलमा ग्राहकहरुको आकर्षण बढदो देखिएको उनले बताए।

भर्जिन मोबाइल सेरुमले ग्यालेक्सी एस २२ सिरिजका सम्पूर्ण मोडल उपलब्ध हुने शर्माले बताए। ग्यालेक्सी एस २२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीकाका कारण यस मोडेलको बुकिङ गर्ने बढी छन्।

आगामी मार्च ११ बाट नेपाल र भारतमा एकैपटक एस २२ को बिक्री वितरणको तयारी गरिएको छ। तर, नेपालमा भने गत बुधबार मात्र एस २२ सार्वजनिक भएको छ। योसँगै उक्त फोनको अग्रिम बुकिङ समेत खुल्ला गरिसकिएको छ। शुभारम्भ हुन झण्डै २० दिन बाँकी रहँदा अग्रिम बुकिङ खुल्ला गरेको भर्जिन मोबाइलले पहिलो दिनमा नै ५० पिसभन्दा बढी मोबाइल बुकिङ लिन सफल भइसकेको सञ्चालक शर्माले बताए।

न्युरोडमा विगत १५ वर्षदेखि मोबाइल र ल्यापटप बिक्री गर्दै आएको भर्जिन मोबाइल प्रालिले हालसम्म १० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकिएको सञ्चालक शर्माको भनाइ छ। हालसम्म तीन लाखभन्दा बढी ग्राहकलाई मोबाइल बिक्री गरिसकेको भर्जिन मोबाइलले १० लाखभन्दा बढी सेवाग्राहीलाई मोबाइल, ल्यापटप, चार्जरलगायतका सामाग्री बिक्री वितरण गरिरहेको छ।

ग्यालेक्सी एस २२ सिरिज कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको बताइएको छ। ग्यालेक्सी एस २२ अल्ट्रा (१२/५१२ जीबी) को मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र १२÷२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago