काठमाडौं: भर्खरै मात्र नेपाली बजारमा बुकिङ सुरु भएको सामसुङ मोबाइलको बहुप्रतिक्षित मोडल ‘एस २२ अल्ट्रा’ न्यूरोडस्थित भर्जिन मोबाइल शोरुमा पहिलो दिननै ५० भन्दा बढी बुकिङ भएको छ। सामसुङ मोबाइलको आधिकारिक वितरक आईएमएसको सहकार्यमा कम्पनीले एस–२२ को बुकिङ तथा बिक्री वितरण शुरु गरेको हो।

बुकिङ खुल्ला भएको पहिलो दिनमा नै ५० पिसभन्दा बढी एस–२२ सिरिजको बुकिङ भएको भर्जिन मोबाइलका सञ्चालक विवेक शर्माले जानकारी दिए। एक दिनमै यती धेरै संख्यामा बुकिङ समान्यतः नहुने उनले बताए। सामसुङ एस २२ सिरिज नेपालमा औपचारिक रुपमा सार्वजनिक हुने बित्तिकै कम्पनीले बुकिङ खुल्ला गरेको हो। दैनिक बुकिङको रेकर्डले यस मेडेलमा ग्राहकहरुको आकर्षण बढदो देखिएको उनले बताए।

भर्जिन मोबाइल सेरुमले ग्यालेक्सी एस २२ सिरिजका सम्पूर्ण मोडल उपलब्ध हुने शर्माले बताए। ग्यालेक्सी एस २२ अल्ट्राभित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमताहरु र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीकाका कारण यस मोडेलको बुकिङ गर्ने बढी छन्।

आगामी मार्च ११ बाट नेपाल र भारतमा एकैपटक एस २२ को बिक्री वितरणको तयारी गरिएको छ। तर, नेपालमा भने गत बुधबार मात्र एस २२ सार्वजनिक भएको छ। योसँगै उक्त फोनको अग्रिम बुकिङ समेत खुल्ला गरिसकिएको छ। शुभारम्भ हुन झण्डै २० दिन बाँकी रहँदा अग्रिम बुकिङ खुल्ला गरेको भर्जिन मोबाइलले पहिलो दिनमा नै ५० पिसभन्दा बढी मोबाइल बुकिङ लिन सफल भइसकेको सञ्चालक शर्माले बताए।

न्युरोडमा विगत १५ वर्षदेखि मोबाइल र ल्यापटप बिक्री गर्दै आएको भर्जिन मोबाइल प्रालिले हालसम्म १० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गरिसकिएको सञ्चालक शर्माको भनाइ छ। हालसम्म तीन लाखभन्दा बढी ग्राहकलाई मोबाइल बिक्री गरिसकेको भर्जिन मोबाइलले १० लाखभन्दा बढी सेवाग्राहीलाई मोबाइल, ल्यापटप, चार्जरलगायतका सामाग्री बिक्री वितरण गरिरहेको छ।

ग्यालेक्सी एस २२ सिरिज कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायाँकन गर्ने, सम्पादन र शेर गर्ने योग्यताहरूका साथ डिजाइन गरिएको बताइएको छ। ग्यालेक्सी एस २२ अल्ट्रा (१२/५१२ जीबी) को मूल्य १ लाख ६९ हजार ९९९ रुपैयाँ र १२÷२५६ जीबीको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago