पहिलो नेपाली महिला ब्यारिष्टर, बेलायतमा स्नेहा श्रेष्ठ बनिन्

स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन्। ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरकारुपमा सूचीकृत भएकी हुन्।

बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित ९बालबालिका० र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन्। सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन्। उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुसी लागेको प्रतिक्रिया दिइन्। धेरै लामो समयको अध्ययन र कठोर तालिम पछि ब्यारिष्टर हुन पाएको र यसक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन्।

ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ। कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ।

बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ। ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन्। बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन्। जसमध्ये नेपाली मूलका तीनजना प्रा.डा.सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago