आफ्नो छिमेकीको हत्या गरी फरार रहेका एक जना १६ वर्षपछि भारतबाट पक्राउ परेका छन् । बाजुराका नवराज भन्ने प्रभु गिरीको हत्या गरी फरार रहेका भरत गिरीलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । आफ्नो बहिनी नाता पर्नेसँग अनैतिक सम्बन्ध राखेको भन्दै भरतले २०६३ साल माघ ४ गते प्रभु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या भएलगत्तै उनका दाइले दिएको किटानीका आधारमा प्रहरीले १२ जनामाथि अनुसन्धान गरेका थियो । जसमा भरत गिरी हत्या गरी भारत फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेका भरत गिरी बाहेक अन्य अभियुक्तहरू कारागार चलान भएका छन् ।
हत्याका मुख्य अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुरा, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले जन्म कैदको फैसला सुनाएका थिए । अभियुक्त गिरीलाई खोजी गर्दा भारतमा लुकी बसेको भन्ने सूचनाका आधारमा १६ वर्षपछि भारतको उत्तराखण्डबाट पक्राउ गरी यही फागुन १० गते जिल्ला कारगारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…