फरार आरोपी १६ वर्षपछि भारतबाट पक्राउ

आफ्नो छिमेकीको हत्या गरी फरार रहेका एक जना १६ वर्षपछि भारतबाट पक्राउ परेका छन् । बाजुराका नवराज भन्ने प्रभु गिरीको हत्या गरी फरार रहेका भरत गिरीलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । आफ्नो बहिनी नाता पर्नेसँग अनैतिक सम्बन्ध राखेको भन्दै भरतले २०६३ साल माघ ४ गते प्रभु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्या भएलगत्तै उनका दाइले दिएको किटानीका आधारमा प्रहरीले १२ जनामाथि अनुसन्धान गरेका थियो । जसमा भरत गिरी हत्या गरी भारत फरार भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेका भरत गिरी बाहेक अन्य अभियुक्तहरू कारागार चलान भएका छन् ।
हत्याका मुख्य अभियुक्त गिरीलाई जिल्ला अदालत बाजुरा, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले जन्म कैदको फैसला सुनाएका थिए । अभियुक्त गिरीलाई खोजी गर्दा भारतमा लुकी बसेको भन्ने सूचनाका आधारमा १६ वर्षपछि भारतको उत्तराखण्डबाट पक्राउ गरी यही फागुन १० गते जिल्ला कारगारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago