माओवादी केन्द्रका मन्त्रीहरूले भने बरु पार्टि छोड्औ सत्ता नछोड़ौ

काठमाडौँ: नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सत्ता गठबन्धन जोगाउनका लागि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेर एमसीसी अघि बढाउन कांग्रेसलाई बाटो खोलिदिने प्रस्ताव अघि सारेका छन् ।
माओवादीको केन्द्रीय कार्यालयको बैठकमा मन्त्रीहरूले सहमतिसाथ अघि बढ्नका लागि यो विकल्प उपयुक्त हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको एक नेताले कान्तिपुरलाई बताए । तर एमसीसी पास गर्ने खालको यस्तो प्रस्ताव माओवादीले मान्न नहुने भन्दै नेता नारायणकाजी श्रेष्ठ पक्षले आपत्ति जनाएका छन् ।
यही कारण माओवादीले औपचारिक निर्णय भने गरिसकेको छैन । प्रतिनिधिसभाको बैठकमा माओवादी, नेकपा एस, नेमकिपा, राष्ट्रिय जनमोर्चा अनुपस्थित हुँदा र एमालेको अवरोध जारी रहँदा कांग्रेसको मात्र ध्वनि मतको आधारमा एमसीसी पास हुने अवस्था बन्छ । यही अवस्थामा गठबन्धन पनि जोगिने र एमसीसी पास हुने भएकाले माओवादी मन्त्रीहरूले यो विकल्प अघि सारेका हुन् ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन पनि जोगिने गरी एमसीसी पास गर्ने विकल्पहरूमाथि छलफल गर्न तयार रहेको सन्देश पठाइसकेका छन् । देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल गरेका छन् । माओवादीको प्रस्तावबमोजिम देउवाले गठबन्धन नटुट्ने गरी एमसीसी पास गर्ने विकल्पहरूबारे पार्टीमा छलफल थालेका छन् ।

शुक्रबार बिहान बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउनका लागि अधिकतम लचकता प्रदर्शन गर्ने निष्कर्ष निकालेको हो । एमसीसी पास नहुने अवस्थामा गठबन्धन पनि नजोगिने र एमाले फेरि हाबी हुने माओवादीको बुझाइ छ । त्यसैले चुनावका लागि भावी गठबन्धन पनि गर्न सकिने सम्भावना रहेकाले संसद्‍मा अनुपस्थित रहेर गठबन्धनको सम्भावनालाई माओवादीले जीवित राख्न खोजेको हो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago