माओवादी केन्द्रका मन्त्रीहरूले भने बरु पार्टि छोड्औ सत्ता नछोड़ौ

काठमाडौँ: नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सत्ता गठबन्धन जोगाउनका लागि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहेर एमसीसी अघि बढाउन कांग्रेसलाई बाटो खोलिदिने प्रस्ताव अघि सारेका छन् ।
माओवादीको केन्द्रीय कार्यालयको बैठकमा मन्त्रीहरूले सहमतिसाथ अघि बढ्नका लागि यो विकल्प उपयुक्त हुने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएको एक नेताले कान्तिपुरलाई बताए । तर एमसीसी पास गर्ने खालको यस्तो प्रस्ताव माओवादीले मान्न नहुने भन्दै नेता नारायणकाजी श्रेष्ठ पक्षले आपत्ति जनाएका छन् ।
यही कारण माओवादीले औपचारिक निर्णय भने गरिसकेको छैन । प्रतिनिधिसभाको बैठकमा माओवादी, नेकपा एस, नेमकिपा, राष्ट्रिय जनमोर्चा अनुपस्थित हुँदा र एमालेको अवरोध जारी रहँदा कांग्रेसको मात्र ध्वनि मतको आधारमा एमसीसी पास हुने अवस्था बन्छ । यही अवस्थामा गठबन्धन पनि जोगिने र एमसीसी पास हुने भएकाले माओवादी मन्त्रीहरूले यो विकल्प अघि सारेका हुन् ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन पनि जोगिने गरी एमसीसी पास गर्ने विकल्पहरूमाथि छलफल गर्न तयार रहेको सन्देश पठाइसकेका छन् । देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल गरेका छन् । माओवादीको प्रस्तावबमोजिम देउवाले गठबन्धन नटुट्ने गरी एमसीसी पास गर्ने विकल्पहरूबारे पार्टीमा छलफल थालेका छन् ।

शुक्रबार बिहान बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउनका लागि अधिकतम लचकता प्रदर्शन गर्ने निष्कर्ष निकालेको हो । एमसीसी पास नहुने अवस्थामा गठबन्धन पनि नजोगिने र एमाले फेरि हाबी हुने माओवादीको बुझाइ छ । त्यसैले चुनावका लागि भावी गठबन्धन पनि गर्न सकिने सम्भावना रहेकाले संसद्‍मा अनुपस्थित रहेर गठबन्धनको सम्भावनालाई माओवादीले जीवित राख्न खोजेको हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago