सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत

काठमाडौं: सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमाले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर बर्खास्त गर्न सहमत भएका छन् । तर, केही दिन सभामुख सापकोटाको भूमिका हेर्ने कांग्रेसले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) प्रतिनिधिसभा बैठकमा छलफल गराउँदै अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनभित्र मतभेद देखिएपछि सभामुख सापकोटामाथि महाअभियोगको सम्भावना बढेको हो ।

कारबाहीमा परेका आफ्ना १४ सांसदलाई पदमुक्त नगरेर पदीय जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै सभामुखलाई हटाउनुपर्ने माग गर्दै आएको एमालेले कांग्रेस र माओवादी केन्द्रसमक्ष सभामुखलाई महाअभियोग लगाउन प्रस्ताव गरेका छन् । एमालेको प्रस्तावमा कांग्रेस सहमत भए पनि माओवादीले असहमति जनाएको छ । कांग्रेसले भने केही दिन सभामुख सापकोटाको भूमिका हेरेर निर्णयमा पुग्ने जवाफ एमालेलाई दिएको छ ।

बिहीबार कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलमा एमाले अध्यक्ष केपी ओलीले कारबाही गरिएका माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउनुपर्ने वा सभामुख सापकोटालाई महाअभियोग लगाउने प्रस्ताव गरेका थिए । तर, कांग्रेस सभामुख सापकोटालाई महाअभियोग लगाउन तयार भएको छ ।

सापकोटाले एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्तावलाई ध्वनि मतको आधारमा वा मतदानमार्फत कुन बाटो लैजान्छन् भन्ने हेरेर महाअभियोगको निर्णयमा पुग्ने कांग्रेसको तयारी छ । उसले ‘सभामुख सापकोटाको रवैया एक दुई दिन हेरौँ न’ भनेर एमालेलाई जवाफ दिएको छ । मतदानमा लगेर एमसीसी असफल बनाए सभामुख सापकोटालाई महाअभियोग लगाउन कांग्रेस पनि तयार छ ।

सभामुख सापकाेटाले एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्तावलाई मतदानमा लैजाने बताएपछि बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । सैद्धान्तिक छलफल अनुमतिका लागि मतदानमा लगिएको नेपालको संसदीय इतिहासमा नरहेको र सभामुखले लैजान नहुने कांग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । एमसीसीमाथिको सैद्धान्तिक छलफलको अनुमतिका लागि मतदानमा नलैजान सभामुख सापकोटालाई मन्त्री कार्कीले आग्रह गरेका छन् ।

कांग्रेससँग १४ जना सांसद हटाउन वा सभामुखलाई महाअभियोग लगाउन प्रस्ताव गरेको एमालेले माओवादीसँग पनि सोही प्रस्ताव गरेको छ। बिहीबार संसद भवनमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटवार्तामा दुवै दलका अन्य नेता पनि सहभागी थिए। सो क्रममा अध्यक्ष ओलीले सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरे । तर, अध्यक्ष प्रचण्डले अस्वीकार गरे।

‘छलफलमा एमालेले सभामुख हटाउनुपर्‍यो भनेर अडान लियो । तर, माओवादीले मानेन,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने । सभामुख हटाउन कांग्रेस र एमाले सहमत भए पनि माओवादीले असहमति जनाएको छ । सम्भवत: आज बस्ने कार्यव्यवस्था परामर्श समितिकाे बैठकले एउटा निर्णय लिने बुझिएकाे छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago