काठमाडौं: विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
हिमालय एयरलाइन्सको उडानबाट गए राति मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका आरिस नाम गरेका भारतीय नागरिकलाई अवैध विदेशी मुद्रा ९३८ हजार ९०० मलेसियन रिङ्गेट० सहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनको झोलाबाट विदेशी मुद्रा बरामद गरिएको हो। उक्त विदेशी मुद्रा अवैधरूपमा बाहिरी मुलुक लैजान लागेको फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि उनलाई आज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…