एक नेपालीसहित तीन विदेशी फिल्म तर छिपछिप छन् दर्शक

काठमाडौँ: कोभिड १९ को तेस्रो लहर थेगेपछि सरकारले फागुन १ गतेबाट बन्द गरेका सिनेमा हल खोल्ने निर्णय गरेको थियो । हल खुलेपछि पहिला चल्दा चल्दै बन्द भएका फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’ लागेका थिए । तर यी फिल्ममा दोहोर्याएर दर्शक आएनन् ।

त्यसयता नयाँ रिलिज कुरिरहेका दर्शकलाई आजबाट रोजीरोजी हेर्न मिल्ने गरी नयाँ फिल्म रिलिज भएका छन् । देशभरका हलमा आजबाट एक नेपाली र तीन विदेशी फिल्म रिलिज भएका छन् ।

बारम्बार प्रदर्शन मिति सार्न बाध्य ‘म यस्तो गीत गाउँछु २’ले अन्तत ः हलमा लाग्ने मौका पाएको छ । यो फिल्म देशभरका सयभन्दा बढी पर्दामा रिलिज भएको वितरकले जनाएका छन् । यसैगरि, हलमा एक अंग्रेजी र दुई भारतीय फिल्मले पनि प्रदर्शन यात्रा सुरु गरेका छन् ।

यसरी रिलिज हुनेमा अमेरिकाको बक्स अफिसमा यो हप्ता कमाइमा एक नम्बर रहेको फिल्म ‘अनचार्टेड’ , सञ्जयलीला भन्सालीको पिरियड ड्रामा ‘गंगुबाई कठैयावाडी’ र तमिल फिल्म ‘भलिमाई’ रहेका छन् । नेपाली सिनेमालाई गतिमान बनाउने विश्वास गरेको ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । तर रिलिजकै संघारमा पल शाह नाबालिग बलात्कर मुद्दामा फरार छन् ।

यसले सिनेमाको प्रारम्भिक व्यापारमा असर पर्ने धेरैको अनुमान थियो जुन सत्य साबित भएको छ । फिल्मले बिहानीको सोमा औसत सुरुवात गरेको छ । यही अवस्था ‘गंगुबाई कठैयावाडी’, ‘भलिमाई’ र ‘अनचार्टेड’ पनि रहेको छ ।

दिउँसोबाट सबै फिल्मले पिकअप लिने हल सञ्चालक तथा वितरकको विश्वास छ । नेपालमा ‘गंगुबाई कठैयावाडी’का वितरक मनोज राठीले मानिसलाई हल खुलेको जानकारी राम्रोसँग नभइसकेकाले बिहानको सोमा कम दर्शक देखिएको आंकलन गरे ।‘नेपाली फिल्मलाई त कन्ट्रोभर्सीले पनि असर गर्यो होला । अर्को कुरा त दर्शकलाई हल खुलिसकेको जानकारी भएन कि भन्ने लागिरहेको छ,’ उनले भने, ‘विकास बोर्डले केही पहल गर्नुपथ्र्यो । हामी एक्लैले मात्र के गर्ने ?’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago