चितवन प्रहरीले विरगञ्जबाट आउँदै गरेका चारवटा ट्रकलाई नियन्त्रणमा

चितवन: अवैध रुपमा सामानहरू ल्याउँदै गरेको आशंकामा चितवन प्रहरीले विरगञ्जबाट आउँदै गरेका चारवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रकबाट साढे तीन करोड रुपैयाँ बराबरका सामग्री‍हरू बरामद भएको चितवन प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

ठूलो परिमाणमा सामानहरू बरामद भए पनि प्रहरीले चारवटा ट्रकका चालकहरू बाहेक अरुलाई गिरफ्तार गरेको छैन । ‘हामीले ट्रक रोकेर हेर्दा त्यसमा रहेका समानहरू अवैध रुपमा आएको देखियो । तत्काल चार जना ट्रक चालक पनि पक्राउ परेका छन् । सामान काठमाडौं जाँदै गरेको खुलेको छ । ट्रक, बरामद सामान र गिरफ्तार चालकहरूलाई हामीले विरगञ्ज भन्सार कार्यालय पठाउने तयारी गरिरहेका छौं‚’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी नरहरि अधिकारीले भने । बाँकी अनुसन्धान र कारबाही भन्सार कार्यालयले गर्ने उनले बताए ।
चितवन प्रहरीले भन्सार छलेका कपडा लगायतका सामानहरू बोकेर बुधबार साँझ वीरगन्जबाट ट्रकहरू हिँडेको भन्ने सूचनाका आधारमा राजमार्गमा चेक जाँच सुरु गरेको थियो । चितवन खैरहनीको पर्सा बजारमा चेक जाँच गर्ने क्रममा बिहीबार बिहान चारवटा ट्रकहरूमा भन्सार छलेर ल्याउँदै गरेका लत्ता कपडाका पोका र र फलामको छड बरामद भएको चितवन प्रहरीले जनाएको छ ।

कुल ८७ पोका लत्ता कपडा र ८४ टन फलाम बरामद भएको हो । कपडा र छडको अनुमानित मूल्य तीन करोड ४९ लाख ८२ हजार ५१२ रुपैयाँ रहेको डीएसपी अधिकारीले जानकारी गराएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago