काठमाडौँ: रुसी सेनाको आक्रमणबाट हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिक अड्डामा मात्र आक्रमण गर्ने दाबी गरे पनि त्यसमा सत्यता नभएको बताउँदै राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म १ सय ३७ जनाको मृत्यु भएको दाबी गरेका हुन् ।
त्यस्तै रुसले युक्रेनमाथि गरेको आक्रमणलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिले पुनः सोभियत संघ ब्युँताउन चाहेको आरोप लगाएका छन् ।
रुसी सेनाले चेर्नोबिलमा रहेको रेडियोधर्मी पदार्थ रहेको स्थानमा हमला गरेपछि त्यहाँको चेर्नोबिल न्युक्लियर प्लान्टसमेत कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चोर्नेबिल कब्जा गरेसँगै रुसले युक्रेनमात्र नभएर पूरा युरोपविरुद्ध युद्धको घोषणा गरेको युक्रेनी राष्ट्रपति जोलेन्स्कीले बताएका छन् ।
राष्ट्रपति जोलेन्स्कीले सन् १९८६ मा न्युक्लियर प्लान्ट विस्फोट हुँदा थुप्रै युक्रेनीले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै त्यसलाई दोहोरिन नदिने बताएका थिए । स्विडेनका प्रधानमन्त्रीलाई यसबारेमा जानकारी गराइएको उल्लेख गर्दै उनले भनेका थिए, ‘यो पूरा युरोपविरुद्ध नै युद्धको घोषणा हो।’
बेलारुस र युक्रेनको सीमानजिकै रहेको चेर्नोबिल न्युक्लियर प्लान्टमा अहिले पनि ठूलो परिमाणमा असुरक्षित रेडियोधर्मी पदार्थ भण्डारण गरिएको छ । त्यसको सुरक्षाका लागि युक्रेनी नेसनल गार्ड खटाइए पनि रुसले कब्जामा लिइसकेको बताइएको छ । रुसी सेनाको हमलाबाट यसअघि झैं पुनः न्युक्लियर प्लान्ट पुनः विस्फोट हुन सक्ने आकलनहरू गरिएका छन् ।
उक्त प्लान्ट विस्फोट भए त्यसको असर पूरै युरोपमा पर्ने बताइएको छ । १९८६ मा ब्लास्ट हुँदा १०० जनाभन्दा कमको मृत्यु भए पनि त्यसकै कारण पछिसम्म स्थानीयको मृत्यु भएको बताइन्छ । सन् १९८६ पछि पनि पटक-पटक दुर्घटना भएपछि चेर्नोबिल न्युक्लियर प्लान्टलाई सन् २००० मा बन्द गरिएको थियो । सन् २०६५ सम्म त्यहाँ रहेको असुरक्षित रेडियोधर्मी पदार्थ हटाइने युक्रेनको तयारी थियो ।
बढ्दो तनावका बीच युक्रेनको राजधानी किभबाट सर्वसाधारणहरू स्लोभाकिया र हंगेरीको सीमातर्फ लागेका छन् । सरकारले भर्खरै राजधानी किभमा कर्फ्यु घोषणासमेत गरेको छ ।
बिहीबार रुसले युक्रेनका विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण सुरु गरेपछि दुई देशबीच मात्रै होइन विश्व राजनीति नै तरंगित भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…