आक्रमण गरेपछि युक्रेनले भारतसँग हस्तक्षेपको आग्रह

नयाँदिल्ली: रुसले आक्रमण गरेपछि युक्रेनले भारतसँग हस्तक्षेपको आग्रह गरेको छ । रुस–युक्रेन युद्धमा ‘न्युट्रल’ भूमिकामा रहन खोजेको भारतलाई युक्रेनले शान्तिका लागि भूमिका खेल्न आग्रह गरेको हो ।

भारतस्थित युक्रेनी राजदूत डा. इगोर पोलिखाले बिहीबार मिडियामार्फत भारतसँग युद्ध रोक्न भारतीय भूमिकाका लागि आग्रह गरेका छन् । उनले मिडियालाई दिएको भिडियो सन्देशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आग्रह गरेका छन् । ‘अहिलेको परिस्थितिमा भारतीय प्रधानमन्त्रीले पुटिनसँग कुरा गर्न सक्छन् । उहाँ हाम्रो (युक्रेन) राष्ट्रपतिसँग पनि कुरा गर्न सक्नु हुन्छ,’ राजदूत पोलिखाले भनेका छन्, ‘यस युद्धलाई रोक्नका लागि भारतको बलियो आवाजको माग गर्दछु ।’ उनले युद्ध रोक्ने दिशामा भारतीय नेतृत्वले चाल्ने सक्रिय कदमको आफूले प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीलाई विश्वको शक्तिशाली र सम्मानित नेताको दर्जा दिँदै, रुसी राष्ट्रपति पुटिनले मोदीको कुरा सुन्ने विश्वास व्यक्त गरेका छन् । भारत र रुसबीच बलियो सम्बन्ध रहेकाले भारतले पुटिनलाई गरेको आग्रहको सुनुवाइ हुन सक्ने विश्वास देखिन्छ । भारत रुसको पुरानो मित्र हो । भारतको रक्षा सामग्रीको ठूलो आपूर्तिकर्ता रुस नै हो । भारतले हालै मात्र रुससँग एस–४०० मिसाइल सिस्टम खरिदसँगै अन्य सैन्य सम्झौताहरू गरेको छ । यसअघि सन् २०१४ मा रुसले क्रिमियालाई आफ्नो भूगोलमा गाभ्दा पनि भारतले विरोध गरेको थिएन ।

रुसले सोमबार युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको र युक्रेनमा आक्रमण गरेको घटनामा भारत मौन छ । अमेरिकासहित पश्चिमा देशहरू रुसविरुद्धमा उभिँदा भारतले आफूलाई ‘न्युट्रल’ राख्दै समस्याको समाधानका लागि कूटनीतिक संवादमा जोड दिएको छ । राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले सुरक्षा परिषद्मा कुनै आलोचना नगरेपछि रुसले स्वागत गरेको छ ।

यसैबीच, भारतले आफ्ना नागरिकलाई युक्रेनबाट ल्याउन पठाएको विशेष विमान बाटैबाट फर्काइएको छ । रुसले युक्रेनमा आक्रमण गरेफछि युक्रेनका विमानस्थलमा सैन्यबाहेकका विमानलाई उडान र अवतरणमा रोक लगाइएपछि एयर इन्डियाको विमानलाई बाटैबाट फर्काइएको हो । एयर इन्डियाको उडान संख्या १९४७ दिल्लीको इन्दिरा गान्धी विमानस्थलबाट बिहान साढे ७ बजे उडेको थियो । बिहीबार बिहान नै रुसले युक्रेनमा आक्रमण गरेपछि परिस्थिति बदलिएको हो ।

युक्रेनको राजधानी किभस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा असैन्य विमान परिचालनमा रोक लगाइएको छ । विमानस्थलबाट उडेको युक्रेन इन्टरनेसनल एयर लायन्सको एउटा विमान बिहीबार बिहान पौने ८ बजे दिल्लीमा अवतरण गरेको थियो । त्यसमा १ सय ८२ जना भारतीय नागरिक आएका छन् । त्यसमा अधिकांश भारतीय विद्यार्थी रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यसअघि भारतले पठाएको एयर इन्डियाको विशेष विमानले मंगलबार राति युक्रेनबाट २ सय ४२ जना विद्यार्थीलाई दिल्ली ल्याएको थियो । युक्रेनमा २० हजार भारतीय रहेका अनुमान छ । युक्रेनमा रहेको भारतीय दूतावासले बिहीबार आफ्ना नागरिकका लागि जारी गरेको एडभाइजरीमा आफ्नो घर, होस्टेल, आवास वा ट्रान्जिटमा सुरक्षित रहन आग्रह गरेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago