पाल्पा: पाल्पामा पाँच कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले बिहीबार दिउँसो तानसेन बजार क्षेत्रमा एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध जुलुस प्रदर्शन गर्नुका साथै कोणसभा गरेका छन् ।
तानसेन टुँडिखेलबाट सुरु भएको विरोध प्रदर्शन तानसेन बजारका विभिन्न भागमा पुगेर जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका छन् । उनीहरूले एमसीसी जनतालाई कब्जामा लिनका लागि ल्याइएको आरोप लगाउँदै विषालु सर्प बन्दै आएको बताएका छन् ।
कोणसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, नेकपा एकीकृत समाजवादीका मोहन गैरे, राष्ट्रिय जनमोर्चा सोमकुमार कार्की, नेत्र विक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टी धनेन्द्रकुमारी उपाध्याय, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य गीता सारु, नेकपा (क्रान्तिकारी माओवादी) टिका राना, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतले एमसीसी राष्ट्रिय हितविपरीत भएको बताए ।
उनीहरूले प्रतिनिधि सभाका जनप्रतिनिधिहरूलाई एमसीसीका विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको संसद्बाट पास गराएर कार्यान्वयन गराउने अमेरिकी रणनीतिविरुद्ध एकजुट हुन उनीहरूले आग्रहसमेत गरेका छन् ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…