पाल्पा: पाल्पामा पाँच कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले बिहीबार दिउँसो तानसेन बजार क्षेत्रमा एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध जुलुस प्रदर्शन गर्नुका साथै कोणसभा गरेका छन् ।
तानसेन टुँडिखेलबाट सुरु भएको विरोध प्रदर्शन तानसेन बजारका विभिन्न भागमा पुगेर जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका छन् । उनीहरूले एमसीसी जनतालाई कब्जामा लिनका लागि ल्याइएको आरोप लगाउँदै विषालु सर्प बन्दै आएको बताएका छन् ।
कोणसभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, नेकपा एकीकृत समाजवादीका मोहन गैरे, राष्ट्रिय जनमोर्चा सोमकुमार कार्की, नेत्र विक्रम चन्द निकट नेपाल कम्युनिस्ट पार्टी धनेन्द्रकुमारी उपाध्याय, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य गीता सारु, नेकपा (क्रान्तिकारी माओवादी) टिका राना, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतले एमसीसी राष्ट्रिय हितविपरीत भएको बताए ।
उनीहरूले प्रतिनिधि सभाका जनप्रतिनिधिहरूलाई एमसीसीका विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको संसद्बाट पास गराएर कार्यान्वयन गराउने अमेरिकी रणनीतिविरुद्ध एकजुट हुन उनीहरूले आग्रहसमेत गरेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…