काठमाडौँ: युरोपेली संघले रुसमाथि कडा प्रतिबन्धको घोषणा गरेको छ । युरोपेली संघका अध्यक्ष उर्सुला भोन डेर लेयनले यसलाई युरोपका लागि महत्वपूर्ण भनेकी छन् ।
प्रतिबन्धहरू धेरै व्यापक छन्। वित्तीय क्षेत्र, ऊर्जा, यातायात र रुसी सरकारसँग सम्बद्ध उच्च वर्गको भिसामा पनि प्रतिबन्ध लगाइएको छ ।
युरोपेली संघका प्रमुखले प्रतिबन्धले रुसका तेल प्रशोधन केन्द्रहरूलाई प्रविधि र विमानका स्पेयर पार्ट्स खरिद गर्न असम्भव बनाउने बताइन्।
ईयु प्रमुखले ट्वीट गर्दै भनेकी छिन्, ‘प्रतिबन्ध स्वीकृत भएको छ र यसबारे ईयूभित्र एकता छ। ‘
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनलाई ३३ करोड ६० लाख डलर सहयोग र सैन्य उपकरण पनि उपलब्ध गराउने बताएका छन् ।
इयूले रुसबाट ग्यास खरिदमा भने प्रतिबन्ध लगाएकाे छैन। यसबारे पनि प्रश्न उठिरहेका छन् । युरोपेली संघका प्रमुखले रुसको उर्जामा युरोपको निर्भरता घटाउन विकल्प खोजीरहेको बताएकी छिन् । बीबीसी
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…