काठमाडौँ: नेपाली कांग्रेस र एमालेबीचको वार्ता सहमति उन्मुख रहेको छ । नेकपा एमालेलाई संसदीय प्रक्रियामा सहभागी गराउने वातावरण बनाउन कांग्रेस हदैसम्म लचक रहेको र सहमतिको नजिक पुगेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
कांग्रेसले संघमा शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्वाचनसम्म निरन्तरता र यसअघि गठबन्धनका कारण एमालेले गुमाएका प्रदेश सरकारहरू पुनः उसैले गठन गर्ने बताइएको छ ।
दुई दलबीच आगामी रोडम्यापका सम्बन्धमा लिखित सहमति गर्ने तयारी भैरहेको छ । आज प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा जाने र अपराह्न फर्कने कार्यक्रम छ ।
आज १ बजे बोलाइएको संसद बैठक अघि नै कांग्रेस र एमाले कार्यदलले सहमति निकाल्न प्रयास भैरहेको बुझिएको छ ।
एमालेले सभामुखलाई हटाउने र एमालेले कारबाही गरेका नेकपा एकीकृत समाजवादीका १४ सांसद हटाउनुपर्ने माग गर्दै आएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…