नेपाली कांग्रेस र एमालेबीचको वार्ता सहमति उन्मुख

काठमाडौँ: नेपाली कांग्रेस र एमालेबीचको वार्ता सहमति उन्मुख रहेको छ । नेकपा एमालेलाई संसदीय प्रक्रियामा सहभागी गराउने वातावरण बनाउन कांग्रेस हदैसम्म लचक रहेको र सहमतिको नजिक पुगेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

कांग्रेसले संघमा शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्वाचनसम्म निरन्तरता र यसअघि गठबन्धनका कारण एमालेले गुमाएका प्रदेश सरकारहरू पुनः उसैले गठन गर्ने बताइएको छ ।

दुई दलबीच आगामी रोडम्यापका सम्बन्धमा लिखित सहमति गर्ने तयारी भैरहेको छ । आज प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा जाने र अपराह्न फर्कने कार्यक्रम छ ।

आज १ बजे बोलाइएको संसद बैठक अघि नै कांग्रेस र एमाले कार्यदलले सहमति निकाल्न प्रयास भैरहेको बुझिएको छ ।

एमालेले सभामुखलाई हटाउने र एमालेले कारबाही गरेका नेकपा एकीकृत समाजवादीका १४ सांसद हटाउनुपर्ने माग गर्दै आएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago