काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) दुई खेलहरू हुँदैछन् । चारै टोलीले यस सिजनको अन्तिम खेल खेल्दैछन । दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली सुखद अन्त्य गर्न चाहन्छन् । जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले थ्री स्टार क्लबको सामना गर्नेछ । बीबीसी भने थ्री स्टारमाथि जितसहित शीर्ष डिभिजनमा आफ्नो अन्तिम खेल यादगार बनाउन चाहन्छ । क्लब यसअघि नै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।
बीबीसी १२ खेलमा सात अंक जोडेर १३ औं स्थानमा रहेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…