काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) दुई खेलहरू हुँदैछन् । चारै टोलीले यस सिजनको अन्तिम खेल खेल्दैछन । दुवै खेल दिउँसो १ बजे सुरु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोली सुखद अन्त्य गर्न चाहन्छन् । जावलाखेल १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । संकटा १२ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले थ्री स्टार क्लबको सामना गर्नेछ । बीबीसी भने थ्री स्टारमाथि जितसहित शीर्ष डिभिजनमा आफ्नो अन्तिम खेल यादगार बनाउन चाहन्छ । क्लब यसअघि नै दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।

बीबीसी १२ खेलमा सात अंक जोडेर १३ औं स्थानमा रहेको छ । थ्री स्टार १२ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago