सिनेमा रिलिज भएपछि पल शाह पक्राऊ पर्ने

काठमाडौं । आजबाट पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ रिलिज हुँदैछ । सिनेमामा पल शाह नायक र पूजा शर्मा नायिका छिन् ।
फाइल फोटो

चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् । तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राऊ पर्ने बुझिएको छ । पल शाहमाथि गायिका समिक्षा अधिकारीले बलात्कारको आरोप लगाएर प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । यसलाई पल शाहले अस्वीकार गरेका छन् । तनहुँ जिल्ला प्रहरी कार्यालयमा ११ फागुनमा दर्ता भएको उजूरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पल शाह प्रहरीको सम्पर्कमा रहेको र उनी कुनै पनि बेला अनुसन्धानका लागि पक्राऊ गरी हिरासतमा राखिने बुझिएको छ । सम्भवतः उनी आज नै पक्राऊ पर्ने बुझिएको छ । नायिका पूजा शर्माले चलचित्र सिनेमाघरमा आएको भन्दै एउटा प्रकरणले सिंगो चलचित्रलाई असर गर्न नहुने बताएकी छिन् ।


Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago