पासपोर्ट र टिकटबिनै विमान चढेपछि निगमका सुरक्षा कमाण्डर निलम्बन गरी अनुसन्धान

नेपाल वायु सेवा निगमले फागुन ९ गते काठमाडौंबाट दोहा जाने तयारीमा रहेको निगमको ए ३३०९ एन जहाजमा अनधिकृत व्यक्ति फेला परेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै विमानस्थलस्थित सुरक्षा व्यवस्थापनमा खटिएका निगमका सुरक्षा कमाण्डरलाई तत्काल निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको निगमकी प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्नका लागि निगमका नायव महाप्रबन्धकको संयोजकत्वमा शुक्रबार भित्र प्रतिवेदन पेश गर्ने गरी एक उच्चस्तरीय छानबिन उपसमिति समेत गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

रौतहटका १८ वर्षीय हस्पम आलम पासपोर्ट र टिकट बिनै कतार जाने जहाज चढेका थिए । फागुन ९ गते हस्पम विमानस्थलको सुरक्षा घेरा तोडेर सहजै हवाई मार्गमा पुगेर विमान चढेका थिए । पासपोर्ट समेत नभएको व्यक्ति एकाएक विमानमा पुगेपछि विमानस्थलको सुरक्षालाई लिएर गम्भीर प्रश्न उठिरहेको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago