नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन शेयरमूल्य कती ?

फागुन १३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको १८.५२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायाजनपश्चात कम्पनीको शेयरमूल्य ३५० रुपैयाँ १४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ४१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा काठमाडौँ नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

यसका साथै सभाले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०० बराबर २५ को शेयर स्वाप रेशियोमा प्राप्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो। यस अनुसार हिजो अर्थात फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago