नेशनल हाइड्रोपावरको शेयरमूल्य समायोजन शेयरमूल्य कती ?

फागुन १३ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको १८.५२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायाजनपश्चात कम्पनीको शेयरमूल्य ३५० रुपैयाँ १४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार कम्पनीको शेयर प्रतिकित्ता ४१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा काठमाडौँ नगरपालिका वडा नं. १०, विनायकनगर, नयाँ बानेश्वरमा २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

यसका साथै सभाले बोनस वितरणपश्चात कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १० बराबर ५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सुनकोशी हाइड्रोपावर कम्पनीलाई १०० बराबर २५ को शेयर स्वाप रेशियोमा प्राप्ति गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो। यस अनुसार हिजो अर्थात फागुन १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

आइतबार यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago