काठमाडौं : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन मेघ गर्जन/चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।
शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ। राती सुदूरपश्चिम,कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भाग का केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशभरि तथा कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती सुदूरपश्चिमको पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
आइतबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का पहाडी भू-भागमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…