काठमाडौँ – रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्व बजारमै आर्थिक गतिविधि प्रभावित बनेको छ । विश्वभरका प्रायः सेयर बजारमा बिहीबार भारी गिरावट आएको, पेट्रोलियम पदार्थ र सुनको मूल्य बढेको, बिटक्वाइनलगायतको मूल्य उच्च दरले घट्नुले आर्थिक गतिविधि नराम्ररी प्रभावित हुने संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

विश्व बजारमा बिहीबारसम्म तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर पुगेको छ । यो पछिल्लो ८ वर्षयताकै उच्च हो । सन् २०१४ मा प्रतिब्यारेल तेलको मूल्य १ सय ६.४५ अमेरिकी डलर थियो । तेलको मूल्यमा भएको भारी वृद्धिको असर तत्काल नेपाली बजारमा पनि देखिनेछ । त्यसै पनि केही महिनायता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको थियो । यही कारण नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । रुस र युक्रेनको युद्धले ती राष्ट्रहरूको अर्थतन्त्र प्रभावित हुने भएपछि विश्व बजारमै तेलेको मूल्य अकासिने भएको हो ।

युरो जोनको सेयर बजार पनि नराम्ररी प्रभावित भएको छ । यसअनुसार बिहीबार युरो जोनका सेयर बजार करिब ४ प्रतिशत घटे । तर उच्च मूल्यमा कारोबार हुँदै आएका सरकारी ऋणपत्र, अमेरिकी डलर, स्विस फ्र्यांक, जापानी ऐन र सुनको मूल्य भने बढेको छ । सेयर बजार उच्च अंकले ओरालो लागेपछि तुलनात्मक रूपमा सुरक्षित मानिएका उल्लिखित औजारमा लगानीकर्ताले लगानी बढाएपछि तिनको मूल्य बढेको हो । रुसी मुद्रा रुबलको भाउमा पनि करिब ७ प्रतिशत गिरावट आएको छ । युद्धको समयमा हिंसात्मक गतिविधिमा धेरै मुद्रा उपयोग हुने अनुमान छ ।

पेरिसस्थित ‘क्याक ४०’ सूचक बिहीबार ४.३८ र फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ ५.०९ प्रतिशत घटे । लन्डनस्थित ‘फुट्सी १००’ ३.०५, युरोपका युरोनेस्क्ट ३.८० र स्विट्जरल्यान्डको स्विस मार्केट सूचक ३.०३ प्रतिशत घटेको छ । रुस र युक्रेनको युद्ध धेरै दिन लम्बिए यी सबै क्षेत्रका सेयर बजार थप प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक पनि बिहीबार घटेर बन्द भए । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक करिब २ प्रतिशत र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट १.४९ प्रतिशत घटे । ‘डाउजोन्स’ सबैभन्दा धेरै करिब २ प्रतिशत र न्यासड्याक करिब १.३० प्रतिशत घटे ।

रुसी सेनाले युक्रेनका धेरै सहरमा मिसाइल प्रहार गरेसँगै विश्व बजारमा बिटक्याइनको मूल्यमा भारी गिरावट आएको छ । यसअनुसार बिहीबार मात्र बिटक्याइनको मूल्य करिब ८ प्रतिशत (३४ हजार ३ सय २४ अमेरिकी डलर) घटेर पछिल्लो एक महिनायताकै न्यून बिन्दुमा ओर्लेको छ । इथरको मूल्य १०.४ प्रतिशत घटेको छ । युद्धले अनिश्चितता बढाएकाले जोखिमपूर्ण मानिएको बिटक्वाइन, क्रिप्टोकरेन्सीलगायत औजारको मूल्यमा भारी गिरावट आएको बताइएको छ ।

रुस र युक्रेनको युद्धले विश्व बजारमा मूल्यवृद्धि दर उच्च हुने अनुमान गरिएको छ । युद्धले आपूर्ति प्रणाली प्रभावित हुने भएकाले त्यसको प्रत्यक्ष असर मूल्यवृद्धिमा पर्ने अनुमान गरिएको हो । ‘रुसी सेनाले गरेको प्रत्यक्ष आक्रमणले ऊर्जा र खाद्यान्नको मूल्यमा चर्को वृद्धि हुन भय लगानीकर्तामा परेको छ, जसले विश्वभरको अर्थतन्त्रमा लगानी र अर्थतन्त्र वृद्धिलाई खतरामा पार्न सक्छ,’ न्युयोर्क टाइम्सले लेखेको छ ।

केही महिनायता नेफाली बजारमा बजार मूल्य बढ्न थालेको छ । यही समयमा रुस र युत्रेनको युद्धले विश्व बजारमै मुद्रास्फीति बढ्ने बलियो संकेत देखिएको छ । यसबाट तत्कालै नेपाली बजार प्रभावित हुने अर्थविद्हरू बताउँछन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको बढोत्तरीले नेपाली बजार पनि छिट्टै प्रभावित हुने देखिन्छ । नेपालको कुल उपभोगमा कम्तीमा ४० प्रतिशत हिस्सा बाहिर (आयात) बाट आउनेकै छ । त्यसमा पनि तोरी र भटमासको तेल, मकै, घरपालुवा जनावरलाई दाना, सुन्दरताका सामग्री, स्मार्ट वाच र थोरै परिमाणमा सुन युक्रेनबाट आयात हुने गरेको छ । रुसले आक्रमण गरेपछि यहाँको अर्थतन्त्र प्रभावित हुने भएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने जानकारहरूको भनाइ छ ।

केही साताअघि मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य अनुमान सर्वेक्षणले आउँदो तीन महिनामा ८ र एक वर्षमा १० प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण गरेको छ । यही अवस्थामा अन्तर्राष्ट्रिय बजारमा वस्तु तथा सेवाको मूल्य अकासिँदा आयातमा निर्भर नेपाली अर्थतन्त्र तत्कालै प्रभावित हुने जानकारहरूको तर्क छ । यसकारण सम्भावित उच्चदरको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार (वित्तीय औजार) र राष्ट्र बैंकले (मौद्रिक औजारमार्फत) परिचालन गर्नुपर्ने उनीहरू बताउँछन् ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago