मंगलबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब १०० अंक घटेर बन्द भएको नेप्से, यस दिन करिब ६ अंक घटेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ७२ हजार ४०१ पटकको कारोबारमा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर खरिदबिक्री भएको छ।
बजार घटेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने कालिका लघुवित्त र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएकोा कृषि विकास बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ८.३४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा भने यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यसको कारोबार बढेको हो। यस दिन सो इन्स्योरेन्सको करिब २७ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ।
मंगलबार जीवन बीमा उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.४४ प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेपनि, गिरावट दर भने न्यून रहेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…