५ अंकले घट्यो नेप्से, लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचक घटे

मंगलबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब १०० अंक घटेर बन्द भएको नेप्से, यस दिन करिब ६ अंक घटेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ७२ हजार ४०१ पटकको कारोबारमा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर खरिदबिक्री भएको छ।

बजार घटेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने कालिका लघुवित्त र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएकोा कृषि विकास बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ८.३४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा भने यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यसको कारोबार बढेको हो। यस दिन सो इन्स्योरेन्सको करिब २७ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको करिब २३ करोडको शेयर खरिदबिक्री भएको छ।

मंगलबार जीवन बीमा उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक यस दिन ०.४४ प्रतिशत बढेको छ। यस दिन १२ उपसमूहको परिसूचक ओरालो लागेपनि, गिरावट दर भने न्यून रहेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago