संस्कृत भाषामा शपथ लिने पहिलो माननीय सांसद किरणकुमार साह

काठमाडौं । सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिए । संघीय संसद सचिवालयका अनुसार यस अगाडि संस्कृत भाषामा शपथ लिएको रेकर्ड छैन् । संसद सचिवालयका पूर्वमहासचिव सूर्णकिरण गुरुङ नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा माननीयले शपथ लिएको पहिलो पटक भएको बताउँछन् ।

‘पहिले नेपाली भाषामै शपथ हुन्थ्यो । ०६४ पछि अन्य भाषामा शपथ लिने अभ्यास सुरु भएको हो । यसपटक संस्कृतमा एक जनाले शपथ लिनुभएछ । यो पहिलो पटक नै हो’ पूर्वमहासचिव गुरुङले अनलाइनखबरसित भने ।

पहिलो पटक संस्कृत भाषामा शपथ लिने माननीय साहको आफ्नै मातृ भाषा भने बज्जिका हो । तर, उनले विद्यालयमा कक्षा ७ सम्म संस्कृति पढेका छन् । ‘मैले संस्कृत भाषाका अरु केही किताब अलिअलि पढेको छु । तर नेपालमा संस्कृत भाषाको पढाइहोस्, लागू होस् र यो अगाडि बढोस् चाहना छ’, शपथपछि उनले अनलाइनखबरसित भने ।

हिन्दूत्व झल्किने गेरुवा पोशाक लगाएर संसद पुगेका साहले संस्कृत भाषामा शपथ लिनुका अरु कारण पनि छन् । उनले भने, ‘नेपालको परम्परा बचाउन, विदेशी भाषाको दबाव र प्रभाव घटाउँदै राष्ट्रिय एकता र अखण्डता बचाउन ।’

संस्कृत भाषा नेपालमा बोलिने सबैजसो भाषाको जननी भाषा भएको र संस्कृत भाषाले ज्ञान र विज्ञानलाई जोड्ने भएकाले आफूले संस्कृत भाषामा शपथ लिएको उनको जवाफ छ । उनी भन्छन्, ‘तीन करोड नेपालीको स्वाभिमान र पहीचानसहितको शिर ठाडो पार्न संस्कृतमा शपथग्रहण गरेको हुँ ।’

माननीय भएर विधि निर्माणमा संस्कृत भाषाको प्रयोग र प्रभाव बढाउन सकियोस् भनेर उनी बिहीबार सांसदहरुको शपथअघि पशुपतिनाथको मन्दिर गएका थिए ।

‘पहिला संस्कृत भाषा शिक्षामा अनिवार्य थियो । अहिले अंग्रेजी छ संस्कृत हटाइएको छ’ उनी भन्छन्, ‘नीति निर्माण गर्ने ठाउँमा आइपुगेको छु । कति मेरो बल, बुद्धि पुग्छ तर, नेपालमा संस्कृत भाषा लागू गर्न संसदको रोष्ट्रम प्रयोग गर्नेछु ।’

संस्कृत भाषाले धर्मको मात्रै नभएर नैतिकताको ज्ञान दिने उल्लेख गर्दै उनी नेपाली संस्कृतिमै विचलन आएको बताउँछन् ।

साह नेपालमा अंग्रेजी भाषाको बढ्दो प्रभावप्रति चिन्तित छन् । सवारीसाधनमा इम्बोस्ट नम्बर अंग्रेजीमा लेखेको मन परेको छैन् । पहिले देवानगरीमै लेख्ने गरिएकोमा विदेशीको दबाव र प्रभावमा अंग्रेजीमा लेख्न थालिएको उनको आरोप छ ।

बैंकिङ सेवामा अंग्रेजी भाषा र इस्वी संवत्को प्रयोग हुने गरेको पनि साहलाई मन पर्दैन । भन्छन्, ‘नेपाली भाषा प्रयोग गर्न छाडियो । संस्कृत भाषा झन हराउँदै गयो । विदेशीका संस्कारमा रमाएर आफ्नो पहिचान भुल्ने कुरा हुनु भएन ।’

 

आन्तरिक उडानमा प्रयोग हुने विमान र विमान सेवामा देवानगरी लिपी प्रयोग हुनुपर्ने विषयलाई जोडदार रुपमा उठाउने उनको योजना छ । ‘प्लेनमा चढ्ने टिकटमा अंग्रेजी भाषा र अंग्रेजी मिति हुन्छ । त्यहाँ नेपाली र देवानगरीमा हुनुपर्छ । यसो गर्दा सबैको सम्मान हुन्छ’ उनी थप्छन्, ‘विदेश जाने जहाजमा लेखिने कुरामा मेरो भन्नु केही छैन् ।’

भाषा र संस्कृतिबाट राष्ट्रियता जोगाउने प्रयास गर्दा अन्य धेरै राष्ट्रियतामाथिको हस्तक्षेप कम हुँदै जाने उनको विश्वास छ ।

४६ वर्षीय साह आफूलाई किसानको छोरा र समाजसेवी भन्न रुचाउँछन् । उनका बुबा पूर्वगाविस अध्यक्ष हुन् । साथसाथै कृषि कर्म गर्छ । बुबासँगै समाजसेवा र कृषिमा रहँदा रहँदै राजनीतिमा आएको साह बताउँछन् ।

रौतहटको क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित साहले नेपाली कांग्रेसका फिरदोस आलमलाई साढे ४ हजार मतले पछि पारेका हुन् । आफूले चुनावमा संस्कृत भाषाकै कुरा नगरेको तर, राष्ट्र र राष्ट्रियताका आवाज उठाउँछु भनेको उल्लेख गर्दै उनी भन्छन्, ‘मैले संस्कृत भाषामा शपथ लिएको विषयलाई सबै धर्मालम्बीहरुले सकारात्मक रुपमा लिनुभएको छ । किनभने संस्कृत सबै भाषाको जननी हो ।’

साह ०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए । त्यसबेला मोहम्मद अफताव आलमसँग पराजित भएका थिए । चुनावपछि एमाले प्रवेश गरेका साह एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहको समूहमा लागेर चुनाव लडेका थिए र निर्वाचित भए ।

संसदमा निर्वाचन क्षेत्रका साथसाथै राष्ट्र र राष्ट्रियताको विषयमा आवाज उठाउने र यसको सुरुवात बढ्दो विदेशी भाषाप्रतिको मोह र प्रभाव कम गर्ने प्रयासहरुबाट गर्ने उनको योजना छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago