मुस्कुराउँदै उठ्न सकूँ

२०७९, ९ पुष शनिबार २०:३६

मुस्कुराउँदै उठ्न सकूँ

🖋️ सुरेन्द्र चौहान

(१)
विहानीको घामसगैँ मुस्कुराउँदै उठ्न सकूँ ,
खुशी भइ जीवनमा सत्कर्ममा जुट्न सकूँ ।

(२)
हिमालको सुन्दरतालाई नजिकबाटै छुन सकूँ ,
समाजको धुलो , मैलो , निमेष मै धुन सकूँ ।

(३)
विशाल नेपाल मनको माझमा राखी हाँस्न सकूँ ,
मादलुको तालमा रम्दै आँगनमा नाच्न सकूँ ।

(४)
हिमालका चुचुरा झै , अटल बन्न सकूँ ,
मन बीचका सत्य कुरा सधै भन्न सकूँ ।

(५)
आकाशका तारा जस्तै चम्किरहन सकूँ ,
नेपाली भइ संसारमा लम्किरहन सकूँ ।

(६)
विहानीको घामसगैँ मुस्कुराउँदै उठ्न सकूँ ,
खुशी भइ जीवनमा सत्कर्ममा जुट्न सकूँ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु