पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले देउसिभैलो खेल्ने समय सिमा तोकेको छ । प्रशासनले तिहारका बेला राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ । यस्तै जुवा तास तथा काैँडा खेल्न प्रतिबन्ध लगाएकाे छ । तिहारका बेला कौडा, जुवा तासका खेल हुन सक्ने भन्दै प्रशासनले त्यस्ता गतिबिधिमा प्रतिबन्ध लगाएकाे हाे । तिहार, छठ तथा नेपाल संवत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न प्रशासनले सूचना निकालेर पाल्पाबासीमा अनुरोध गरेको हो।
राति ९ बजेपछि देउसीभैलो खेल्न र देउसीभैलो खेल्दा घरबेटीको स्वीकृति लिन प्रशासनले आग्रह गरेको छ। बजारमा देखिएका प्लास्टिकका माला समेत प्रयोग नगर्न आह्वान गर्नुभएको छ। कानुन विपरीतका कार्य गरे कारबाही गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त द्वारा जारी सूचनामा उल्लेख छ । आतसबाजी, पटका जस्ता विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोग नगर्न प्रशासनको आग्रह छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…