प्रचण्ड आराेप : नागरिकता विधेयकमा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप

काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन्।

तत्कालीन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन्।

वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन्।

भौतिक योजनामन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदिप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

जसअनुसार प्रचण्डले बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भए पछि चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितनव माओवादीले जनाएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago