फाइल फोटो
काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका छन्।
भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने व्यवस्था भए पनि विदेशीलाई नागरिकता दिन खोजियो भनेर भ्रम छर्ने काम गरेर एमालेले भोटको राजनीति गर्न खोजेको आरोप लगाएका हुन्।
तत्कालीन केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको विधेयक नै अहिले सदनमार्फत ल्याएको भन्दै भ्रममा नपर्न प्रचण्डले आग्रहसमेत गरेका छन्।
वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्षे प्रावधान राख्ने राज्य व्यवस्था समितिको प्रस्ताव सदनमा लैजाऔँँ भन्दा एमाले अध्यक्ष ओलीले नै नमानेको पनि प्रचण्डले आरोप लगाएका छन्।
भौतिक योजनामन्त्री मोहम्मद इस्तियाक राई र वन मन्त्री प्रदिप यादवसहित चितवन आएका माओवादी अध्यक्ष प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
जसअनुसार प्रचण्डले बरुवा सडक शिलान्यास, रौतनेखोलामा बनेको पुलको उद्घाटन, ट्मटा खोला तटबन्ध शिलान्यास कार्यक्रममा सहभागी भए पछि चितवनका पार्टी कार्यकतासँग भेटघाट कार्यक्रम तय भएको चितनव माओवादीले जनाएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…