नेपाल प्रेस युनियन केन्द्रीय लेखा समितिको संयोजकमा पदमराज जोशी विजयी

काठमाडौं: नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा भएको निर्वाचनको मत परिणाम आउन थालेको छ । हिजो भएको मतदानबाट लेखा समितिको परिणाम आएको हो । नेपाल प्रेस युनियन केन्द्रीय लेखा समितिको संयोजकमा पदमराज जोशी विजयी बनेका छन् । कालिका महतलाई हराउँदै जोशी विजयी बनेका हुन् । जोशीले ७१६ मत ल्याउँदा महत ६१५ मै खुम्चिए ।

त्यस्तै, समितिको सदस्यमा घनश्याम पौडेलले ८७४ मत र गिरीराज पोखरेलले ७५७ मत ल्याएर विजयी भए । सदस्यमा प्रत्यासी दिपकराज जोशीले ६०० र टेकेन्द्र बस्यालले २२६ मत ल्याए ।युनियनको यो महाधिवेशनमा अध्यक्षमा अनिता विन्दू र शिव लम्साल प्रतिष्पर्धामा छन् । कांग्रेसको संस्थापन र इतर पक्ष प्यानलै खडा गरेर चुनावी मैदानमा उत्रिएका थिए ।

Kamal Panthi

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago