युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइल प्रहार

एजेन्सी – रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको युक्रेनी सेनाका प्रवक्ताले जनाएका छन्। बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला रुसले प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको हो।

‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो। दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो। प्रहार गरिएको ठाउँमा अनाज थियो’, सैन्य प्रवक्ता युरी इग्नाटले भने।

युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने एउटा सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए। यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको छ।

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको जनाएको छ। सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए।

सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन्। युक्रेनी जहाजहरूले मालवाहक जहाजलाई मार्गनिर्देशन गर्नेछन्।

संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्नेछ। त्यस्तै, ब्ल्याक सीमार्फत अन्न र मल को रूसी निर्यात को सुविधा गरिनेछ। युक्रेन संकटका कारण विश्वमा खाद्यान्न आपूर्तिमा अभाव देखिएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago