पोखरा: पोखरा महानगरको बजेट प्रस्तुत हुनु अघि नेकपा एमालेका जनप्रतिनिधिहरुले विराेध जनाएका छन् । पोखरा सभागृहमा पाेखरा महानगरले बजेट प्रस्तुत गर्ने कार्यक्रम थियाे । दिउँसाे ४ बजे बजेट प्रस्तुत हुने भनिएपनि सुरु हुनुभन्दा अघि नै एमाले संसदीय दलका नेता राधिकाकुमारी शाहीले कुनै छलफल नै नगरी राताे किताब ल्याएकाे भन्दै किताब च्यातेकी थिईन् ।
त्यस लगत्तै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु हल बाहिर निस्किएर नारा बाजि गरिरहेका छन् । यता पाेखराका मेयर धनराज आचार्यले राताे किताब नभई ड्राफ्ट भएकाे बताएका छन् । सरकारी प्रक्रिया पूरा गर्न ड्राफ्टमा कुनै शंका नगर्न उनले अाग्रह गरेका छन् । ‘छलफल भएर बिषय र याेजना टुगिंन बाँकी नै छ,’ उनले भने, ‘पुरै सम्पन्न भएक छैन् कसैलाई भ्रममा नपर्न आग्रह गर्दछु।’ अहिले पाेखराकाे बजेट प्रस्तुत हुन सकिरहेकाे छैन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…