काठमाडौँ: काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाभित्र १ करोड रुपैयाँ सम्मको घरजग्गामा ०.०१० अर्थात् १ हजार रुपैयाँ बराबर सम्पत्ति कर तिर्नुपर्नेछ ।

२ करोड रुपैयाँसम्मको घरजग्गामा २ हजार ५ सय, ३ करोड सम्मकोमा ४ हजार ५ सय, ४ करोड सम्मकोमा ८ हजार ५ सय र ५ करोड रुपैयाँसम्मकोमा १४ हजार ५ सय रुपैयाँ बराबर सम्पत्ति कर तिर्नुपर्नेछ । ६ करोड सम्मको सम्पत्तिमा २४ हजार ५ सय, ८ करोड सम्मको सम्पत्तिमा ८४ हजार ५ सय र १० करोड सम्मको सम्पत्तिमा १ लाख ७४ हजार ५ सय रुपैयाँ बराबर कर तिर्नुपर्नेछ । १० करोड रुपैयाँ भन्दा बढी मूल्य भएको घरजग्गामा कुल मूल्यको ०.६०० प्रतिशत बराबर कर तिर्नुपर्ने आर्थिक विधेयकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० को असोज मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा महानगरपालिकाले यस आर्थिक वर्षमा लाग्ने सम्पत्ति करमा १० प्रतिशत छुट दिनेछ । तर घरजग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा भने त्यस्तो छुट पाइने छैन । महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा सिनेमा घरको नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन भएको करदाताको हकमा चालु आर्थिक वर्ष २०७८/७९ सम्मको घरजग्गा कर/सम्पत्ति कर चुक्ता गरेमा आगामी आर्थिक वर्ष २०७९/८० को सम्पत्ति करमा थप ४० प्रतिशत छुट दिइने आर्थिक विधेयकमा उल्लेख छ ।

व्यवसायिक रुपमा सवारी साधन पार्किङ्ग प्रयोजनका लागि भवन निर्माण गरेमा त्यस्ता भवनले पनि कर छुट पाउनेछन् । पार्किङ प्रयोजनका लागि बनेका भवन निर्माण सम्पन्न भएको मितिले पाँच वर्षसम्म सम्पत्ति कर छुट पाउने उल्लेख छ । यस्तै बहुतले भवन निर्माण गर्दा पार्किङ्ग प्रयोजनमा प्रयोग गर्नेगरी नक्सा पास भएको भवनको पार्किङ्गस्थल बराबर क्षेत्रफलको सम्पत्ति कर लाग्ने छैन ।
भवनको नक्सा पास भएको मितिले दुई वर्षसम्मको अवधिलाई निर्माण अवधि मानी सो अवधिको सम्पत्ति कर छुट हुनेछ । तर, कसैले निर्माण अवधि भन्दा अगावै भवन निर्माण कार्य सम्पन्न गरी महानगरपालिकाबाट भवन निर्माण सम्पन्नताको प्रमाण पत्र जारी भएमा सोही आर्थिक वर्षदेखि सम्पत्ति कर लाग्ने महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago