“बुटवल उपमहानगर पालिकाले सिद्धार्थ राजमार्गको चिडियाखोला, पुर्व-पश्चिम् राजमार्गको चौराह र तिनाउ पुल आसपासमा राजमार्ग प्रयोग गर्ने साना सवारीसाधन संग टर्मिनल शुल्कको नाममा कर असुलेको छ ।”
पाल्पा, १० असार ।
कानुनत स्थानीय तहले राजमार्गमा कर असुली गर्न मिल्दैन । सिद्धार्थ राजमार्गको बुटवल हुँदै पाल्पा आउने साना सार्बजनिक सवारीसाधन सङ्ग दैनिक रुपमा कर असुली गर्ने गरिएको छ । सवारीका प्रकृतिको आधारमा २० देखि १ सय रुपैया सम्म कर लिने गरिएको छ । प्रतिबिम्ब निर्माण सेवा बुटवल ७ ले यस्तो अबैधानिक रकम असुल्ने गरेको छ । प्रतिबिम्ब निर्माण सेवाले बुटवल उपमहानगरपालिकाको नाममा नगदी रसिद दिने गरेको छ । लुम्बिनी बस टर्मिनल सेवा शुल्कको नाममा कटिएको रसिद यहाँ चल्ने सवारीसाधनलाई जबरजस्ती दिने गरिएको छ ।
लुम्बिनी बस टर्मिनल शुल्कको नाममा २० को चिट दिने र कतिपय अवस्थामा ६० देखि ७० असुल गर्ने गरेको भैरहवा बाट तानसेन तर्फ आएका एक टेक्सी चालकले बताए । उनले भने “पैसा नदिए मोटरसाइकलमा पिछा गरेर गाडीमा ढुङ्गाले हान्ने, सिसा फुटाइदिने, अमानवीय ब्यवहार देखाउने गरेको” बताए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारको कर्य क्षेत्राधिकार को ब्यवस्था गरेको छ । ऐन अनुसार स्थानीय सरकार आफुले निर्माण गरेको स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सड्ढलन र व्यवस्थापनको आधिकार उपमहानगरलाई रहेको छ । तर स्थानीय सरकारले राजमार्गमा कर असुल्न पाउने ब्यवस्था भने छैन ।
यस बिषयमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी संग प्रतिकृया लिदा इलाका प्रहरी कार्यालय बुटवलमा जानकारी दिन भन्नुभएको थियो । अबैधानिक भएमा कारबाही हुने जानकारी दिनुभयो । यसका लागी नगरपालिकाले सूचना दिनुपर्ने प्रजिअ तिवारी को भनाइ थियो । यस्तै इलाका प्रहरी बुटवलका कार्यलय प्रमुख लाई पटक-पटक जानकारी गराउदा बुटवल उपमहानगरपालिका को केस भएकाले नगरपालिकामा नै सम्पर्क गर्नुपर्ने बताउनु भयो ।
उपमहानगरले राजमार्गमा कर लिएको सम्बन्धमा बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रधोज भारति संग गोर्खालीभ्वाइस डटकमले प्रतिक्रिया लिदा राजमार्गमा कर लिनु अबैध रहेको र बसपार्क भन्दा बाहिर लिन नपाउने बताउनु भयो । भारतीले बस टर्मिनल भन्दा बाहिर रकम उठाएको भए ठेकेदारलाई कारबाही हुने बताउनु भयो ।
यसरी सरोकार निकायले चासो नदिदा सर्बसाधारण भने मर्कामा परिरहेका छन । उपमहानगरका प्रशासकीय अधिकृतले कारवाही हुने बताएपनि चिडियाखोलामा कर उठाउन भने रोकिएको छैन । जसका कारण राजमार्गमा चल्ने धेरै सवारीसाधनले टर्मिनल शुल्कको नाममा सिद्धार्थ राजमार्गमा कर तिर्न बाध्य छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…