बुटवल उपमहानगरको राजमार्गमा सडक कर, रुपन्देही प्रशासन मौन

“बुटवल उपमहानगर पालिकाले सिद्धार्थ राजमार्गको चिडियाखोला, पुर्व-पश्चिम् राजमार्गको चौराह र तिनाउ पुल आसपासमा राजमार्ग प्रयोग गर्ने साना सवारीसाधन संग टर्मिनल शुल्कको नाममा कर असुलेको छ ।”

पाल्पा, १० असार ।
कानुनत स्थानीय तहले राजमार्गमा कर असुली गर्न मिल्दैन । सिद्धार्थ राजमार्गको बुटवल हुँदै पाल्पा आउने साना सार्बजनिक सवारीसाधन सङ्ग दैनिक रुपमा कर असुली गर्ने गरिएको छ । सवारीका प्रकृतिको आधारमा २० देखि १ सय रुपैया सम्म कर लिने गरिएको छ । प्रतिबिम्ब निर्माण सेवा बुटवल ७ ले यस्तो अबैधानिक रकम असुल्ने गरेको छ । प्रतिबिम्ब निर्माण सेवाले बुटवल उपमहानगरपालिकाको नाममा नगदी रसिद दिने गरेको छ । लुम्बिनी बस टर्मिनल सेवा शुल्कको नाममा कटिएको रसिद यहाँ चल्ने सवारीसाधनलाई जबरजस्ती दिने गरिएको छ ।

लुम्बिनी बस टर्मिनल शुल्कको नाममा २० को चिट दिने र कतिपय अवस्थामा ६० देखि ७० असुल गर्ने गरेको भैरहवा बाट तानसेन तर्फ आएका एक टेक्सी चालकले बताए । उनले भने “पैसा नदिए मोटरसाइकलमा पिछा गरेर गाडीमा ढुङ्गाले हान्ने, सिसा फुटाइदिने, अमानवीय ब्यवहार देखाउने गरेको” बताए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारको कर्य क्षेत्राधिकार को ब्यवस्था गरेको छ । ऐन अनुसार स्थानीय सरकार आफुले निर्माण गरेको स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सड्ढलन र व्यवस्थापनको आधिकार उपमहानगरलाई रहेको छ । तर स्थानीय सरकारले राजमार्गमा कर असुल्न पाउने ब्यवस्था भने छैन ।

यस बिषयमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी संग प्रतिकृया लिदा इलाका प्रहरी कार्यालय बुटवलमा जानकारी दिन भन्नुभएको थियो । अबैधानिक भएमा कारबाही हुने जानकारी दिनुभयो । यसका लागी नगरपालिकाले सूचना दिनुपर्ने प्रजिअ तिवारी को भनाइ थियो । यस्तै इलाका प्रहरी बुटवलका कार्यलय प्रमुख लाई पटक-पटक जानकारी गराउदा बुटवल उपमहानगरपालिका को केस भएकाले नगरपालिकामा नै सम्पर्क गर्नुपर्ने बताउनु भयो ।

उपमहानगरले राजमार्गमा कर लिएको सम्बन्धमा बुटवल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रधोज भारति संग गोर्खालीभ्वाइस डटकमले प्रतिक्रिया लिदा राजमार्गमा कर लिनु अबैध रहेको र बसपार्क भन्दा बाहिर लिन नपाउने बताउनु भयो । भारतीले बस टर्मिनल भन्दा बाहिर रकम उठाएको भए ठेकेदारलाई कारबाही हुने बताउनु भयो ।

यसरी सरोकार निकायले चासो नदिदा सर्बसाधारण भने मर्कामा परिरहेका छन । उपमहानगरका प्रशासकीय अधिकृतले कारवाही हुने बताएपनि चिडियाखोलामा कर उठाउन भने रोकिएको छैन । जसका कारण राजमार्गमा चल्ने धेरै सवारीसाधनले टर्मिनल शुल्कको नाममा सिद्धार्थ राजमार्गमा कर तिर्न बाध्य छन ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago